थामेमा आयो फेरि बाढी, ५ घर बगायो ६ घरमा क्षेति

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर बगाएको छ । थामे खोलाले धार परिर्वतन गरेर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाढीका कारण ६ वटा घर आंशिक क्षति पुगेको छ ।
खम्बु पासाङ गाउपालिकाले विज्ञप्ती जारी बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको जनाएको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले तत्काल उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको  बताए ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल बर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगाएत सम्पुर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाइ सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।
बाढीका कारण मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button