Trending
निर्वाचन आयोगद्वारा गगन थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति मान्यता

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बहुमत प्रतिनिधिहरूको समर्थनसहित गगन थापा सभापतिमा चयन भएका थिए।
आयोगले महाधिवेशनसम्बन्धी सम्पूर्ण कागजात, निर्णय र प्रमाणहरू अध्ययन गरेपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता दिएको जनाएको छ।
यस निर्णयसँगै नेपाली कांग्रेसको नेतृत्व विवाद औपचारिक रूपमा टुंगिएको छ भने पार्टीका आगामी राजनीतिक गतिविधि थापा नेतृत्वमै अघि बढ्ने भएका छन्।



