“रामेछापमा एमालेको नयाँ उम्मेदवार, प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता”

रामेछाप — नेकपा (एमाले) ले रामेछाप जिल्लाबाट आगामी निर्वाचनका लागि उम्मेदवार घोषणा गरेपछि नेता तथा पूर्व अनेरास्ववियु केन्द्रीय अध्यक्षले आफ्नो उम्मेदवारीप्रति जनसमर्थनको अपिल गरेका छन्।
करिब १५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका उहाँ पार्टी केन्द्रीय कमिटीमा एकताको कालसहित चार पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन। आफ्ना राजनीतिक यात्रा संघर्ष, निरन्तरता र सक्रियताले भरिएको उल्लेख गर्दै उनले आफू धुलो–मैलोबाट उठेको गाउँको मान्छे भएको बताए।
“मेरो उम्मेदवारीमा कोही पनि दुःखी हुनुपर्ने कारण छैन। म पटक–पटकको उम्मेदवार होइन, मेरो उमेर पाकेको छैन। पुरानो अनुभवी र नयाँ युवाबीच सेतुको भूमिका खेल्न सक्छु,” उनले भने। अनुभवले खारिएको नेताका रूपमा पार्टी र मुलुकले विश्वास गरे जुनसुकै जिम्मेवारी बहन गर्न तयार रहेको उनको भनाइ छ।
रामेछाप जिल्लाबाट नेकपा (एमाले) ले पहिलो पटक आफूलाई उम्मेदवारको रूपमा प्रस्तुत गरेकोमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित समग्र पार्टी नेतृत्वप्रति सामाजिक संजालमा धन्यवाद व्यक्त गरेका छन् । साथै सिफारिसमा परेका अन्य योग्य उम्मेदवारहरूलाई धैर्य गर्न आग्रह गर्दै भविष्यमा अवसर आउने विश्वास व्यक्त गरे।
“यो अवसर मेरो लागि बनेको छ, सबैको गहिरो साथ चाहन्छु,” उनले भने।
उनले रामेछापेली जनताको मतको इज्जत राख्दै प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन् ।



