• गुल्मीमा अविरल वर्षासंगै आएको पहिरोमा परेर चार जनाको मृत्यु


    गन्तब्य

    गुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं–१ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको…

    Read More »
  • फेरी काठमाडौं नदी आसपासका क्षेत्रमा डुबान


    गन्तब्य

    काठमाडौं । काठमाडौं हिजो (सोमबार) रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू फेरी डुबानमा परेका छन्। काठमाडौं महानगरपालिका महानगर प्रहरी बल विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख एवं नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सानोभर्‍याङ,जडिबुटी,बल्खु तरकारी बजार,माइतीघर मण्डला क्षेत्र लगायत नदी किनाराका क्षेत्र डुबानमा परेको जानकारी दिए। उनले उक्त क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए। महानगरपालिकाका अनुसार…

    Read More »
  • अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा प्रभावित


    गन्तब्य

    काठमाडौँ। अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । वर्षा कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित बनेको हो । आज बिहानका लागि तय भएका भरतपुर, लुक्ला, सुर्खेतलगायतका उडान प्रभावित भएका छन् । आज बिहान मौसम प्रतिकूल हुँदा केही विमानहरू आकाशमै होल्ड गर्नुपरेको थियो भने केहीलाई डाइभर्ट गरिएको थियो । इस्तानबुलबाट आएको…

    Read More »
  • नेपाली बजारमा सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो


    गन्तब्य

    काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।…

    Read More »
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठक बस्दै


    गन्तब्य

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा समसामयिक विषयका साथै मन्त्रालयले सम्पादन गरिरहेका काम, आइपरेका समस्या तथा समाधानका उपायका विषयमा छलफल हुनेछ । बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।

    Read More »
  • भ्रष्टाचारको ढाकछोप गर्न २ पन्नाको विज्ञप्ती


    गन्तब्य

    रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाको ३ नम्बर वडा कार्यालय साँघुटारले आफूले गरेका विभिन्न भ्रष्टाचार काण्डहरुको ढाकछोप गर्न २ पन्नाको विज्ञप्ती जारी गरेको छ । २०८१ साउन १५ गते मंगलबार जिल्लाकै पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे राष्ट्रिय दैनिक’ले ‘रामेछाप नगरको ३ नं. वडा भ्रष्टाचारको अखडा बन्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । प्रकाशित समचारमा ५० हजार रुपैयाँको आयोजनामा उपभोक्तालाई प्राविधिक…

    Read More »
  • प्रधानमन्त्री ओलीको आग्रहः संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्नुस्


    गन्तब्य

    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन्। आइतबार एमाले पार्टी कार्यालय च्यासलमा मनोनित भएका पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराउँदै ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै अहिले संशोधनका विषयमा भ्रम फैलाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरे। अहिलेको समिकरणले…

    Read More »
  • कर्णालीका नवनियुक्त सरकारमा गयो काँग्रेस, चार मन्त्रीले लिए शपथ


    गन्तब्य

    काठमाडौं । कर्णालीका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् । राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा…

    Read More »
  • नेकपा एमाले उपाध्यक्ष बरालसहित १७ जना केन्द्रीय सदस्यले लिए शपथ


    गन्तब्य

    काठमाडौं । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ दिलाएका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो । गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी), रामपृत…

    Read More »
  • प्रधानमन्त्री केपी शर्मा ओलीको टियु क्रिकेट मैदानका बारे क्यानका पदाधिकारीसँग छलफल


    गन्तब्य

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ । प्रधानमन्त्री ओलीले असार १…

    Read More »
Back to top button