• १४ किलो सुनबारे छानबिन गर्न समिति गठन


    ब्यानर न्युज

    काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ । भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् । बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए ।…

    Read More »
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


    ब्यानर न्युज

    २१ मसिर ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ । आज बिहान ९ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

    Read More »
  • मनाङमा हिउँमा बसेका चौंरी


    समाचार

    मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकामा भएको हिमपात । हिउँमा बसेका चौंरी । तस्बिर ः नवीन लामिछाने/रासस

    Read More »
  • उपप्रधानमन्त्री श्रेष्ठलाई कम्तीमा ५ दिनसम्म अस्पतालमै राखिने


    ब्यानर न्युज

    काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ। मुटुमा समस्या देखिएपछि गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जियोप्लास्टी सर्जरी सकिएपछि चिकित्सकहरूले उनलाई कम्तीमा पाँच दिनसम्म अस्पतालमा राख्नुपर्ने बताएका छन् । अहिले सघन उपचार कक्षमा रहेका उनलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राख्नुपर्ने सल्लाह दिएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ। असोजको अन्तिम साता उहाँ…

    Read More »
  • ‘आजीवन राजनीति गर्‍यो, पैसा खर्च गर्नेले निर्वाचन जित्छ, यो अवस्था बदल्नुपर्छ’


    राजनीति

    काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको कार्यकाल सकेर २० जना सांसद आगामी फागुन २० गतेदेखि बाहिरिँदै छन् । सभामा रिक्त हुने पदका लागि आगामी माघ ११ गतेका लागि निर्वाचन हुने भएको छ । राष्ट्रिय सभालाई प्रबुद्ध व्यक्तिको सभाका रूपमा हेर्ने गरिएको छ । नेपालको संविधानले तीन तहका सरकार र तिनको कार्य व्यवस्था गरेको छ । सङ्घीय सरकारले नीति…

    Read More »
  • न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद


    ब्यानर न्युज

    काठमाडौँ । न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएकाे छ । न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ७ किलो अवैध सुन बरामद गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी स्रोतका अनुसार…

    Read More »
  • अर्थ मन्त्रालयले भन्यो – सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्नू


    अर्थ

    काठमाडौं । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयहरूमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । ३३१ पालिकाहरूको गत असारसम्मको…

    Read More »
  • पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिएको आरोपमा महिला पक्राउ


    समाचार

    काठमाडौँ । बलात्कारको झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौँ प्रहरीले ३१ वर्षीया कमला (नाम परिवर्तन) लाई पक्राउ गरेको हो । कमलाले नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर घटना झुटो रहेको भन्दै विशाल (नाम परिवर्तन) ले कमला र उनलाई प्रयोग गर्ने रमेश (नाम परिवर्तन) विरुद्ध जाहेरी दिएका थिए…

    Read More »
  • त्रिभुवन विमानस्थलमा यात्रुले बोकेको ह्याण्डब्यागमा आगलागी


    ब्यानर न्युज

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक जना यात्रुको ह्याण्ड ब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला चिनियाँ नागरिकको ह्याण्ड ब्यागमा आगो लागेको हो । उक्त व्यागभित्र ल्यापटपमा चार्ज गरिराखेको पावर बैँक पड्केर आगो लागेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीले जानकारी दिए । उनले यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैंक पड्केर आगो…

    Read More »
  • पाकिस्तानमा सडक दुर्घटना हुँदा पाँचजनाको मृत्यु


    विदेश

    शिकारपुर । दक्षिण पाकिस्तानमा सडक दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको शिकारपुर जिल्लामा कार खाडलमा खस्दा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक एकै परिवारका सदस्य भएको बताइएको छ। बाक्लो कुहिरोको कारण, चालकले मोडको आँकलन गर्न नसक्दा गाडी सडकबाट खाल्डोमा खसेको हो। दुर्घटनामा परेकाहरू दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट घर फर्किँदै गरेकोजानकारी दिइएको छ।

    Read More »
Back to top button