गन्तब्य

  • निष्ठा, विकास र युवा नेतृत्वको पर्याय विराज श्रेष्ठः खाँडादेवी काँग्रेसको नेतृत्व सम्हाल्न मैदानमा


    रामेछाप । नेपाली काँग्रेसको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा निरन्तर क्रियाशील युवा नेता विराज श्रेष्ठले खाँडादेवी गाउँपालिकाको पार्टी सभापति पदका लागि आफ्नो दाबेदारीलाई थप सशक्त र बलियो बनाएका छन् । विद्यार्थी राजनीतिदेखि सुरु भएको उनको निष्ठावान् र समर्पणयुक्त राजनीतिक यात्राका कारण उनी अहिले खाँडादेवीका काँग्रेस कार्यकर्ता तथा आम मतदातामाझ लोकप्रिय र आशालाग्दा नेताका रूपमा स्थापित भएका छन् ।श्रेष्ठको…

    Read More »
  • ‘रामेछापमा नेपाली कांग्रेस मजबुत छ ’- केन्द्रीय सदस्य खड्का


    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्लाका सम्पूर्ण ६४ वटै वडामा वडा अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । तल्लो तहबाटै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै सङ्गठन निर्माणमा जुटेको नेपाली कांग्रेस रामेछापको समग्र साङ्गठनिक अवस्था, आगामी अधिवेशनको तयारी र पार्टी सुदृढीकरणका विषयमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य बिनिता खड्कासँग गरिएको कुराकानीको सम्पादित अंशः रामेछापका सबै ६४ वटै वडामा वडा अधिवेशन सफलतापूर्वक…

    Read More »
  • वडामा कांग्रेस अधिवेशन सम्पन्न, थोकरद्वारा आभार व्यक्त


    रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्लाका सम्पूर्ण ६४ वटै वडामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । जिल्लाका आठवटै स्थानीय तहका ६४ वडामा उत्साहजनक, अनुशासित र लोकतान्त्रिक वातावरणमा वडा तहको नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।सङ्गठन सुदृढीकरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने अभियानअन्तर्गत निर्धारित समयमै सबै वडामा अधिवेशन सम्पन्न भएपछि नेपाली कांग्रेस रामेछापका कार्यबाहक सभापति नबराज…

    Read More »
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनः ७३ जिल्लामा उत्साहजनक रूपमा वडा अधिवेशन सम्पन्न, बाँकी वडामा भोलि पनि हुने


    काठमाडौं । नेपाली कांग्रेसको आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भनिएको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया देशैभर उत्साहजनक रूपमा अघि बढेको छ। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हिजो (असोज ३) बाट सुरु भएको वडा अधिवेशन आज दोस्रो दिन पनि ७३ जिल्लामा शान्तिपूर्ण र उत्साहप्रद रूपमा सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आज ताप्लेजुङ, इलाम,…

    Read More »
  • संविधान दिवसमा दोरम्बामा विविध कार्यक्रम : सरसफाइ र भलिबल प्रतियोगिता


    रामेछाप — दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्पका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्थानीय स्तरमा सरसफाइ, मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथा दीप प्रज्वलनसहितका विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवस मनाउने क्रममा पहिलो चरणअन्तर्गत बिहान ८ बजेदेखि १० बजेसम्म आयोजना गरिएको वातावरण सरसफाइ कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा…

    Read More »
  • ‘६४ वटै वडामा अधिवेशन हुन्छ, कुनै द्विविधा छैन’ : का.वा. सभापति नवराज थोकर


    रामेछाप । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा देशभर सांगठनिक सरगर्मी ह्वात्तै बढेको छ । आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको पहिलो आधारशिला मानिने वडा अधिवेशन असोज ३ र ४ गते देशभर एकैसाथ आयोजना हुँदैछ ।यसै सन्दर्भमा रामेछाप जिल्लाको सांगठनिक तयारी, वडा अधिवेशनको वस्तुस्थिति र पार्टीभित्रको आन्तरिक व्यवस्थापनबारे नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरसँग गरिएको…

    Read More »
  • बाढीपीडितका लागि रामेछाप नगरपालिकाद्वारा प्रधानमन्त्री कोषमा ४० लाख सहयोग


    रामेछाप । भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा पुगेको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै रामेछाप नगरपालिकाले राहत स्वरूप चालिस लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन तथा उद्धार, पुनर्निर्माण र पुनर्स्थापनाको कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सो…

    Read More »
  • भोटेकोशी बाढीपिडितका लागि मन्थली साकोसद्वारा एक लाख रुपैयाँ सहयोग


    रामेछाप (मन्थली) — तिब्बतबाट बगेर आउने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। साउन १० गते आएको बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गराएको हो। नेपाल सरकारले राहत तथा उद्धारका लागि…

    Read More »
  • काठमाडौँमै सामाजिक सुरक्षा नवीकरणः १३५ जनाभन्दा बढी लाभान्वित


    काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ६ रिष्ठेले काठमाडौँ क्षेत्रमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीहरूलाई लक्षित गरी शुक्रबार देखि काठमाडौँमा सञ्चालन गरिएको ५ दिने घुम्ती शिविर सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित नीलबाराही बहुउद्देश्यीय सहकारी संस्थाको प्राङ्गणमा सञ्चालित शिविरमार्फत १३५ जनाभन्दा बढी लाभान्वित भएका हुन् ।वडा कार्यालयसम्म पुग्न नसक्ने अशक्त, वृद्धवृद्धा र…

    Read More »
  • शिव आधारभूत विद्यालयका बालबालिकाले आफ्नै खाजा खर्च कटाएर जुटाए राहत


    रामेछाप । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विस्थापित बनेका बाढीपीडितका लागि देश–विदेशबाट सहयोग उठ्ने क्रम जारी छ । विपत्तिको यो घडीमा दुर्गम ग्रामीण भेगका बालबालिका तथा अभिभावकहरूले समेत ऐक्यबद्धता जनाउँदै स्वेच्छिक सहयोग जुटाएका छन् ।रामेछाप जिल्लाको उत्तरी दुर्गम भेगमा अवस्थित गोकुलगङ्गा गाउँपालिका वडा नं. १ स्थित श्री शिव आधारभूत विद्यालयका विद्यार्थी र अभिभावकहरूले बाढीपीडितको मद्दतका लागि रकम संकलन गरेका…

    Read More »
Back to top button