गन्तब्य

  • पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो


    दमौली (तनहुँ), १९ असोजः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उहाँको भनाइ छ…

    Read More »
  • आजको मौसम पूर्वानुमान: देशभर वर्षा हुने


    काठमाडौँ, १९ असोजः हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका…

    Read More »
  • कोशी ब्यारेजका ५६ ढोका खोलिए


    धरान (सुनसरी), १९ असोज : अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५६ ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव ४,३१,५२५ क्यूसेक पुगेपछि ब्यारेजका ५६ ढोका खोलिएको जानकारी दिए । शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो…

    Read More »
  • बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरू बस्ती छाड्न थाले


    १८ असोज काठमाडौ । अविरल वर्षाले बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि बागमती किनारका स्थानीयहरू बस्ती छाड्न  थालेका छन् ।थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरु आफ्ना सामान बोकेर घर छोड्न थालेका हुन् ।

    Read More »
  • उपत्यका भित्रिने र बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द


    काठमाडौं, असोज १८ । लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको छ । बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म भारीदेखि अति धेरै भारी वर्षा हुनसक्ने…

    Read More »
  • युक्रेनलाई अमेरिकी लामो दूरीको मिसाइल आपूर्तिले सम्बन्धमा गम्भीर असर पर्ने पुटिनको चेतावनी


    मस्को, १७ असोज (रासस÷एपी) रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिए। उहाँले यस्तो कदमले मस्को–वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पु¥याउने भए पनि युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने स्पष्ट पारे ।कृष्ण सागरको रिसोर्ट सोचीमा आयोजित अन्तर्राष्ट्रिय विदेश नीति विज्ञहरूको फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी ‘टोमहाक क्रुज मिसाइल’ युक्रेनमा पु¥याइएमा त्यसले रूस–अमेरिका सम्बन्धलाई…

    Read More »
  • खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते


    महोत्तरी, १७ असोजः यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब…

    Read More »
  • सालको पात बेचेर महिलाहरूको चाडपर्व खर्च जोहो


    धरान (सुनसरी), १७ असोजः यहाँको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहनु भएको छ ।उहाँले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहुनभएको हो । हुन त अरु बेला पनि यो उहाँका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया…

    Read More »
  • काठमाडौँ प्रशासनको रातको समयमा यात्रा नगर्न आग्रह


    काठमाडौँ असोज १७ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।जल तथा मौसम विज्ञान विभागले यस अवधिमा काठमाडौंसहितका जिल्लामा भारी वर्षा हुने सम्भावना देखाएको छ। यसबाट बाढी, पहिरो र भू–क्षयजस्ता विपद्जन्य घटना हुनसक्ने भएकाले प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो।जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “असोज १७ देखि २० गतेसम्म…

    Read More »
  • देशभर मनसुनी वायुको प्रभाव


    काठमाडौँ, १७ असोजः देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती…

    Read More »
Back to top button