समाचार
श्वेतगंगा हाइड्रोपावर द्वारा जनप्रतिनिधिमाथि दुर्व्यवहार, गाउँपालिकाद्वारा कानुनी कारबाहीको माग
रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा विकास निर्माणको कामलाई लिएर स्थानीय सरकार र जलविद्युत् प्रवर्द्धक कम्पनीबीच विवाद चर्किएको छ । गाउँपालिका र सडक बोर्ड नेपालको साझेदारीमा सञ्चालित सडक मर्मत योजनामा अवरोध पुर्याउँदै एक जलविद्युत् कम्पनीका प्रतिनिधिहरूले जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै गाउँपालिकाले गम्भीर आपत्ति जनाएको छ ।गाउँपालिकाका अध्यक्ष केशव महतद्वारा जारी प्रेस विज्ञप्ति अनुसार चालू आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित…
Read More »सुनापती–३ का आरान व्यवसायीलाई आधुनिक उपकरण हस्तान्तरण
रामेछाप, सुनापती गाउँपालिका–३ ले परम्परागत ढाँचामा सञ्चालन हुँदै आएका आरान व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले छ जना व्यवसायीलाई विभिन्न उपकरण हस्तान्तरण गरेको छ।वडाभित्र लामो समयदेखि पुरानै शैलीमा आरान व्यवसाय सञ्चालन गर्दै आएका ६ जना व्यवसायीलाई जनही एक–एक थान वेल्डिङ मेसिन, कटिङ मेसिन र ब्लोवर मेसिन प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।वडा कार्यालयका अनुसार आधुनिक उपकरणको प्रयोगबाट व्यवसाय सञ्चालन सहज हुने,…
Read More »अझै बेलिब्रिजकै भरमा सिङ्गो जिल्ला
रामेछाप । २०८१ असोज दोस्रो साता (१०–१२ गते) सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । अविरल वर्षा र सुनकोशी नदीमा आएको अभूतपूर्व बाढीले रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको पक्की पुलको आधा भाग गल्र्यामगुर्लुम ढल्दा केवल एउटा कंक्रिटको संरचना मात्र भत्किएन, रामेछाप, दोलखा र ओखलढुङ्गाका लाखौँ नागरिकको राजधानी काठमाडौँसँगको सहज पहुँच पनि सँगै बग्यो ।एसियाली विकास बैंकको १७ करोड रुपैयाँभन्दा बढीको…
Read More »गाउँमै उद्यमको ढोका खोल्दै कुवुकास्थलीका स्थानीय
रामेछाप । कुनै समय ग्रामीण भेगमा घरायसी प्रयोजनका लागि डोको, डालो र नाम्लो बुन्नमा मात्र सीमित रहेको बाँसको उपयोग अचेल आधुनिक हस्तकलाका सामग्री निर्माणमा हुन थालेको छ। रामेछापको दुर्गम तथा विकट मानिने उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ कुवुकास्थलीका स्थानीयहरू अहिले परम्परागत सीपलाई आधुनिकीकरण गर्दै व्यावसायिक उद्यमको बाटोमा अगाडि बढेका छन्।उद्योग तथा वाणिज्य कार्यालय रामेछापको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कुवुकास्थलीमा सञ्चालित…
Read More »प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बढे निर्णायक आन्दोलनमा उत्रिने महासंघको चेतावनी
हेटौंडा — नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा ले सरकार निरंकुश र अधिनायकवादी बाटोतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यमाथि भइरहेको हस्तक्षेपविरुद्ध महासंघ निर्णायक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएकी छन्।नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको पाँचौं साधारण सभाको उद्घाटन कार्यक्रममा शुक्रबार हेटौंडामा बोल्दै शर्माले निरंकुश शासन व्यवस्थाको पहिलो निशाना स्वतन्त्र सञ्चारमाध्यम हुने गरेको उल्लेख…
Read More »मनसुनजन्य विपद् न्यूनीकरणमा रामेछापको पूर्वतयारी ः सुरक्षा निकायको संयुक्त अभ्यास
रामेछाप । मनसुन सुरु हुनुअघि जिल्लामा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता विपद्को पूर्वतयारीलाई प्रभावकारी बनाउन रामेछापमा सुरक्षा निकायले संयुक्त विपद् उद्धार अभ्यास सम्पन्न गरेका छन्। जिल्ला सुरक्षा समितिको आयोजनामा तीन दिनदेखि सञ्चालन हुँदै आएको “मनसुनजन्य विपद् उद्धार पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी संयुक्त अभ्यास बुधबार सम्पन्न भएको हो। मनसुन नजिकिँदै जाँदा प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले उद्धार तथा प्रतिकार्यलाई थप…
Read More »अवैध ढुंगा उत्खननमा प्रयोग भएको ट्र्याक्टर नियन्त्रणमा
रामेछाप — रामेछापको मन्थली नगरपालिका–८ स्थित तामाकोशी नदी किनारबाट अवैध रूपमा ढुंगा उत्खनन गरिरहेको एउटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार दिउँसो करिब ३ः४० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नदीजन्य पदार्थ उत्खननमा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिएको हो। प्रहरीले मन्थली नगरपालिका–२ का ४१ वर्षीय शिवकुमार कार्कीले चलाएको ना ६ त ६६२८ नम्बरको ट्र्याक्टर नियन्त्रणमा…
Read More »अवैध ढुंगा उत्खननमा प्रयोग भएका दुई ट्र्याक्टर नियन्त्रणमा
रामेछाप — रामेछाप नगरपालिकाको वडा नं. ८ सुन्कोजी खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (ढुंगा) उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार दिउँसो करिब दिउँस ३: ३० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ढुंगा उत्खननमा प्रयोग भइरहेका ट्र्याक्टरसहित सवारी साधन नियन्त्रणमा लिएको हो। प्रहरीले आवश्यक कारबाहीका लागि ती सवारी साधन रामेछाप नगरपालिकाको…
Read More »महिलालाई पोते बनाउने सीप तालिम
रामेछाप — रामेछाप महिला उद्यमी संघ को आयोजनामा तथा मन्थली नगरपालिका को आर्थिक सहयोगमा ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको पोते बनाउने सीप विकास तालिम आइतबार मन्थलीमा सुरु भएको छ।तालिमको उद्घाटन गर्दै मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत ले महिलाको सीप तथा क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई व्यावसायिक रूपमा अघि बढाउन नगरपालिका सधैं सहयोग गर्न तयार रहेको बताइन्।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…
Read More »पत्रकार महासंघ रामेछापद्वारा दुई पत्रकार सम्मानित
रामेछाप — नेपाल पत्रकार महासंघ रामेछाप शाखाको २१औँ वार्षिक साधारण सभाको अवसरमा जिल्लामा क्रियाशील दुई पत्रकार नगदसहित सम्मानित भएका छन्। शनिबार मन्थलीमा आयोजित साधारण सभामा पत्रकार हिमाल ढुङ्गेल र सुमित श्रेष्ठलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो। प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकी लगायतले उनीहरूलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने…
Read More »