अवैध ढुंगा उत्खननमा प्रयोग भएका दुई ट्र्याक्टर नियन्त्रणमा

रामेछाप — रामेछाप नगरपालिकाको वडा नं. ८ सुन्कोजी खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (ढुंगा) उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार दिउँसो करिब दिउँस ३: ३० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ढुंगा उत्खननमा प्रयोग भइरहेका ट्र्याक्टरसहित सवारी साधन नियन्त्रणमा लिएको हो। प्रहरीले आवश्यक कारबाहीका लागि ती सवारी साधन रामेछाप नगरपालिकाको कार्यालयमा बुझाएको जनाएको छ।
नियन्त्रणमा लिइएका ट्र्याक्टरमध्ये एउटा मन्थली नगरपालिका–५ का ३४ वर्षीय शान्ति राज कार्कीकोले चलाएको ज १ त ९०४४ नम्बरको ट्र्याक्टर रहेको प्रहरीले जनाएको छ। त्यस्तै अर्को ट्र्याक्टर मन्थली नगरपालिका–६ का ४२ वर्षीय जितबहादुर माझीले चलाएको ना ६ त २९६४ नम्बरको रहेको छ।
पछिल्लो समय जिल्लाका खोलानालाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन हुने क्रम बढ्दै गएपछि स्थानीय तह र प्रहरी प्रशासनले निगरानी तथा नियन्त्रण अभियानलाई कडाइ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधकारी एवम् प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले जानकारी दिएका छन्।



