गन्तब्य
नेपाली कांग्रेसका सभापति देउवासँग अस्ट्रेलियन राजदुतको बिदाई भेट
काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन् । नेपालमा आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किनुअघि राजदूत भोल्कले विभिन्न दलका नेताहरु र सरकारका उच्च पदस्थहरुसँग विदाई भेटवार्ता गरिरहेकी छिन् । सोही सिलसिलामा उनले आज कांग्रेस सभापति देउवासँग पनि विदाई भेटवार्ता गरेकी हुन् । सो क्रममा उनले देउवाको प्रधानमन्त्रीत्व कार्यकालको…
Read More »अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेका छन् । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् । यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार…
Read More »अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबीच भेटवार्ता
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ूप्रचण्डूसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेको छन् । शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगोमा पुर्याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताएको छ ।…
Read More »राष्ट्रिय प्रजातन्त्र पार्टीको राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली संगठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेको छ । मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार बताए। अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की हुनुहुन्छ । उनी भदौ १०…
Read More »नेपाली बजारमा आज सुनचाँदीको मुल्य कति पुग्यो ?
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । शुक्रबार सुन तोलाको ९ सयले घटेर तोलाको एक लानेपाली बजारमाख ४९ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ५ सय पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ…
Read More »नेपाली राजदूतमा सिफारिस रिजालको नाम फिर्ता
काठमाडौँ । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ । रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएका छन् । उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ । उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले र माओवादी केन्द्रको सरकार रहेका…
Read More »चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन
काठमाडौँ । चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन परेका छन् । आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, अभिनेत्री करिस्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत रहेका छन् । गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै…
Read More »प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने घोषणा गरेको छ। उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा पिपुल्स लाइब्रेरी बनाउन लागेका छन्। शुक्रबार ओलीले सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन्। उनले लेखकहरूलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन पनि आग्रह गरेको छ। त्यसका लागि प्रधानमन्त्री पत्नी राधिकाले हप्ताको ६ दिन एक एक घण्टा छुट्याएको पनि…
Read More »घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र…
Read More »मुख्यमन्त्री सिंह र स्विस नियोगका अधिकारीबीच भेट
जनकपुरधाम– विकास तथा सहयोगका लागि स्विस नियोग (एसडिसी) नेपालले मधेश प्रदेश सरकारका विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाएका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहसँगको भेटमा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्त्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने र प्रदेशमा सञ्चालन भइरहेका नियोगका कार्यक्रमलाई थप विस्तारित एवम् प्रभावकारी बनाइने बताएका छन् । नियोगका डेपुटी चिफ अफ मिसन…
Read More »