ब्यानर न्युज

  • सौन्दर्य, सशक्तीकरण र सपनाः मिस ग्रान्डकी बलियो दावेदार चाहना प्रधान


    रामेछाप । ‘ग्ल्यामर र घाम–दुवैमा चम्किने युवती’ भनेर चिनिँदै गरेकी छन् रामेछाप जिल्लाकी चाहना प्रधान, जो अहिले मिस ग्रान्ड नेपाल २०२५ को मञ्चमा शक्तिशाली उपस्थिति जनाउँदै निर्णायकहरू र दर्शकहरूको मन जित्दै गएकी छन्।मन्थली नगरपालिका–६ की स्थायी बासिन्दा प्रधानको आत्मविश्वास, सशक्त अभिव्यक्ति शैली, जीवन्त व्यक्तित्व र मौलिक सौन्दर्यले उनलाई प्रतियोगिताको प्रारम्भिक चरणदेखि नै फरक पहिचान दिलाएको छ। मिस ग्रान्ड नेपालको प्रशिक्षण…

    Read More »
  • विदेशिने सपनाः युवाहरूको जीवनमाथि जोखिमको चक्र


    रामेछाप । ‘कमाइको सपना बोकेर विदेशिएका थिए, तर बाकसमा फर्किए।’ – यस्ता घटनाहरू रामेछापका ग्रामीण बस्तीमा दोहोरिन थालेका छन् । पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीको क्रममा ३१ जना रामेछापेलीको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएपछि वैदेशिक रोजगारीको पछाडि लुकेको जोखिम पुनः सतहमा आएको छ।वैदेशिक रोजगारीमा जाने लहरसँगै ज्यान गुमाउनेको संख्यामा समेत वृद्धि भइरहेको देखिन्छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार…

    Read More »
  • सुनचाँदी व्यवसायीहरू पसल बन्द गर्दै कालो ब्यानरसहित विरोध प्रदर्शनमा


    रामेछाप । संघीय बजेटमार्फत सुनचाँदी गहनामा लगाइएको २ प्रतिशत ’विलासिता कर’ खारेजको माग राख्दै रामेछाप जिल्लाका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछाप शाखा तथा कालिगढ संघर्ष समितिको अगुवाइमा बिहीबारदेखि जिल्लाभरका ५१ भन्दा बढी सुनचाँदी पसलहरू बन्द गरी व्यवसायीहरू सडकमा उत्रिएका हुन्।व्यवसायीहरूले पसल अगाडि कालो ब्यानर टाँसेर विरोध जनाएका छन् भने जिल्लाका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण…

    Read More »
  • मन्थली नगरका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा


    रामेछाप । रामेछाप जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका सबै (१४ वटा ) वडाहरूलाई एकैसाथ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। बुधवार विशेष कार्यक्रमका साथ सम्पन्न घोषणाले मन्थलीलाई बालमैत्री नगरपालिका बन्ने दिशामा एक महत्त्वपूर्ण चरण पार गराएको छ।बाल अधिकार प्रवद्र्धन, संरक्षण, विकास, सहभागिता र संस्थागत सुदृढीकरणका पाँच मुख्य पक्षमा आधारित ५१ वटा सूचकहरू पूरा गरेपछि जिल्ला समन्वय समिति रामेछापको सिफारिसमा…

    Read More »
  • वडामा काम हुने योजना वडाध्यक्षकै फर्मलाई


    रामेछाप । स्थानीय शासनको मूल मर्म भनेको पारदर्शिता, सहभागिता र जबाफदेहिता हो। तर जब नेतृत्वले नै आफ्नो पदको प्रयोग गर्दै निजी लाभ लिने अभ्यास थाल्छ, तब जनताको विश्वासमा गम्भीर चोट पुग्छ। यस्तै उदाहरण बनेको छ, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका ।खाँडादेवी गाउँपालिकाले वडा नं. ४ र ५ मा पर्ने पुछिघाट लिफ्ट सिँचाइ योजना वडा नं. ४ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको…

    Read More »
  • रामेछाप सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट हुँदा आगलागि


    रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि भएको सैपुका वडाअध्यक्ष सन्तोष पौडेलले जनाएका छन् । आगलागिबाट घरमा भएका सवै सामान जलेका छन् ।घरमा आगो लागेपछि डुढमा रहेका मौरी विच्कीएर घरधनी चन्दबहादुर पौडेल माथि खनिएका…

    Read More »
  • YCL मन्थली नगरको अध्यक्षमा केशव पाख्रिन चयन


    रामेछाप । योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को दोस्रो मन्थली नगर सम्मेलन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले नयाँ नगर समिति चयन गर्दै केशव पाख्रिनलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो। नवगठित नगर समितिमा उपाध्यक्षमा अजित लामा र विवेक बज्राचार्य रहेका छन्। त्यसैगरी सचिवमा मनोज माझी, सह-सचिवमा पुजन श्रेष्ठ र भुवन कार्की चयन भएका छन्। सम्मेलनले १३ जना सदस्य पनि…

    Read More »
  • अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेज विक्रम तामाङ


    रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेज विक्रम तामाङ चिनिएका छन् । बुधवार मन्थलीमा सम्पन्न महासंघको उपाध्यक्षमा कृष्ण चौलागाई र राजन गहतराज, सचिवमा इन्द्र राजन मगर, सह सचिव गणेश माझी र मिना जर्गा मगर, कोषाध्यक्ष पूर्ण बहादुर मगर र सदस्यहरूमा सस्ते माझी, कटक बहादुर माझी ,बाबुराम के सी , भुवन सिं लामा ,विशाल…

    Read More »
  • घरघरमा बिरामी परीक्षण गर्दै आयुर्वेद चिकित्सालय


    रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा जानकारी दिन तथा नसर्न रोगका बिरामी पहिचान गर्न चिकित्सालयले सो काम सुरु गरेको हो । अस्पतालमा बिरामीको सङ्ख्या कम हुने बित्तिकै स्वास्थ्यकर्मी गाउँ पस्छन् र स्थानीयलाई आयुर्वेदिक उपचारको बारेमा जानकारी गराउँदै नसर्ने रोगका बिरामी पहिचान…

    Read More »
  • राजनितिको आडमा छाँनिदै मन्थली माविको व्यवस्थापन समितिको अध्यक्ष


    रामेछाप ।  जिल्लाको ऐतिहासिक र शैक्षिक हिसाबले महत्वपूर्ण मानिने मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयन प्रक्रियामा शैक्षिक योग्यता भन्दा राजनीतिक सहमतिलाई प्राथमिकता दिइएको भन्दै स्थानीयस्तरमा बहस चर्किएको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच मिलेमतो गरी शैक्षिक मापदण्ड नपुगेका व्यक्तिलाई अध्यक्ष बनाउन सहमति भएको पुष्टि भएपछि, विद्यालयको स्वायत्तता र गुणस्तरीय शिक्षामा प्रश्न उठाइएको छ।…

    Read More »
Back to top button