अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेज विक्रम तामाङ

रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेज विक्रम तामाङ चिनिएका छन् । बुधवार मन्थलीमा सम्पन्न महासंघको उपाध्यक्षमा कृष्ण चौलागाई र राजन गहतराज, सचिवमा इन्द्र राजन मगर, सह सचिव गणेश माझी र मिना जर्गा मगर, कोषाध्यक्ष पूर्ण बहादुर मगर र सदस्यहरूमा सस्ते माझी, कटक बहादुर माझी ,बाबुराम के सी , भुवन सिं लामा ,विशाल लामा, अनिल सागर ज्ञापक , जेम्स लामा तितुङ , निकेश तामाङ ,सविन थापा मगर , उत्तम थापा मगर , सुर्य बहादुर थापा मगर , राज तामाङ , हेम बहादुर नेपाली , विष्णु रिजाल, सुरेन्द्र लामा र ज्ञान बहादुर मगर चुनिएका छन् ।
कार्यक्रम सभाध्यक्ष लाल बहादुर थापा मगर, प्रमुख अतिथि माओवादी केन्द्र रामेछाप जिल्ला अध्यक्ष कमानसिङ्ग मोक्तान, विशेष अतिथि अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सह अध्यक्ष जनक बर्तौलाको सहभागितामा महासंघको जिल्ला सम्मेलन भएको थियो ।
प्रथम जिल्ला सम्मेलनमा जिल्ला पार्टी सचिव सेवक कार्की, उद्धव रम्तेल, सुमन कुमार लामा, गोविन्द घिमिरे, शैलेश शाही, सुदिप खडका, लाल बहादुर मगर लगायत माओवादी केन्द्र रामेछापका नेताहरुको उपस्थितिमा रहेको आयोजकले जनाएको छ ।
नव निर्वाचित अध्यक्ष तेज विक्रम तामाङले खेल प्रेमी सम्पूर्णलाई यस संगठनमा आबद्ध गरेर खेलाडीहरूको हक अधिकारको सुनिश्चित गर्ने गरी ८ वटै स्थानीय तहमा र साबिक वडा सम्म संगठन लाई मजबुत बनाउँदै जाने र २०८२ भित्रै जिल्लामा विविध खेलको आयोजना गर्ने गरी अखिल नेपाल खेलकुद महासंघ रामेछाप अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
अखिल नेपाल खेलकुद महासंघ रामेछापका निवर्तमान अध्यक्ष लाल बहादुर थापा मगरले जिल्ला पार्टीले जिल्लामा रहेको भातृ संगठनहरुलाई पार्टीको नीति अनुसार समन्वय गरेर अगाडी बढ्नु पर्ने सुझाव दिए ।
त्यसै गरी अखिल नेपाल खेलकुद महासंघ रामेछापका इन्चार्ज जयामन घिसिङले रामेछापका युवा तथा खेलकुद प्रेमी सबैलाई न्यायोचित हुने गरी महासंघ अगाडि बढ्नु पर्ने बताए ।