ब्यानर न्युज
मन्थलीमा स्थानीय उत्पादनको बजारीकरण
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय कृषक र लघु उद्यमीका उत्पादनले बजार पाएकाछन् । खेतबारीमा पसिना बगाएर उब्जाइएका तरकारी, फलफूलदेखि सीप र मेहनतबाट तयार गरिएका लघु उद्यमका सामग्रीलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउने उद्देश्यसहित मन्थली नगरपालिकाले नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु गरेको हो । मन्थली–१ स्थित हाटे चौरमा शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुँदैछ ।ग्रामीण कृषि अर्थतन्त्रको मेरुदण्ड…
Read More »गोकुलगङ्गाका विद्यालय र कार्यालयहरुमा इ–हाजिरी
रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले स्थानीय तहमा डिजिटल सुशासनको अभ्यासलाई अघि बढाउँदै गाउँपालिकाअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी प्रणाली लागू गरेको छ। गत मंसिर १ गतेदेखि लागू गरिएको उक्त प्रणालीले कर्मचारी उपस्थिति व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास पालिकाको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार हाल वडा कार्यालय र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको इ–हाजिरी नियमित रूपमा प्रयोगमा…
Read More »एमाले रामेछाप जिल्ला कमिटीको पूर्ण बैठक सम्पन्न
रामेछाप । नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको पूर्ण बैठक आज सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरीयाको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्य माधव प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेल, प्रदेश लेखा अध्यक्ष श्यामकृष्ण श्रेष्ठलगायत बागमती प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।बैठकले…
Read More »गुराँसेमा रहेको सामुदायीक भवन – गाउँका सम्पूर्ण कार्यक्रम एकै ठाउँमा
रामेछाप । ग्रामीण जीवनशैलीमा सामाजिक र सांस्कृतिक कार्यक्रमहरू केवल औपचारिकता मात्र होइनन्, ती समुदायलाई एकआपसमा बाँध्ने बलिया सेतु पनि हुन्। यस्ता कार्यक्रम सहज, व्यवस्थित र सबैका लागि समान पहुँचमा हुनु आवश्यक हुन्छ। यही आवश्यकता बुझेर दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ५ गुराँसेले निर्माण गरेको सामुदायिक भवन गाउँकै सामाजिक केन्द्रको रूपमा स्थापित भएको छ। यहाँ अहिले गाउँभरि हुने बिहे, भोजभतेर, काजकिरिया,…
Read More »रामेछाप एमाले सचिवालय गठन विवादको केन्द्रबिन्दुमाः “विधानमाथि आसेपासेको कब्जा”
रामेछाप । रामेछापको नेकपा (एमाले) जिल्ला कमिटिको पदाधिकारी बैठकले २७ सदस्यको नयाँ जिल्ला सचिवालय गठन गरेसँगै पार्टीभित्र चौतर्फी विरोध सुरु भएको छ। बैठकले ८ जना आमन्त्रित सदस्य मनोनित गरेको छ भने १०२ सदस्यको सल्लाहकार परिषद् गठन गरेको छ। तर, यी निर्णयले पार्टीको आन्तरिक विधान र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको आरोप छ।जिल्ला कमिटी सदस्य तथा युवा नेता अमित कार्कीले सचिवालय गठन…
Read More »गोकुलगंगाका कागजात डिजिटल सुरक्षित हुँदै
रामेछाप । वि.सं. २०७४ सालदेखि २०८१ असार मसान्तसम्म गोकुलगङ्गा गाउँपालिकामा सिर्जना भएका सम्पूर्ण सरकारी कागजात अब डिजिटल रूपमा सुरक्षित हुने भएका छन्। जेन्जी आन्दोलनका क्रममा अन्यत्रका गाउँपालिकासहित विभिन्न कार्यालयका कागजात जलेर नष्ट भएपछि गोकुलगङ्गा गाउँपालिकाले कागजपत्र डिजिटलाइजेसनको काम सुरु गरेको हो। राष्ट्रिय सूचना प्रविधि केन्द्रको समन्वयमा अघि बढाइएको यो अभियान दुई महिनाभित्रै सम्पन्न हुने लक्ष्य पालिकाको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत…
Read More »परिवर्तनको एजेन्डा सहित ‘नयाँ शक्ति’को आवश्यकता
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा उज्यालो नेपाल अभियानका संरक्षक कुलमान घिसिङले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व स्थापनाका लागि नयाँ राजनीतिक शक्ति उदय हुनु अपरिहार्य भएको धारणा राखेका छन्। लोकतन्त्रको निरन्तरतासँगै पनि जनजीवनमा अनुभूत हुने परिवर्तन कमजोर बनेको र नेतृत्वको अकर्मण्यता झनै गहिरिँदै गएको अवस्थामा नयाँ वैकल्पिक शक्ति देशको आवश्यकता बनेको उनको भनाइ छ।आइतबार रामेछाप सदरमुकाममा आयोजित…
Read More »दोरम्बामा पौष ४ र ५ गते तेस्रो राष्ट्रिय कराते प्रतियोगिता हुने
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ५ दोरम्बामा तेस्रो राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । वादो कराते डोजो दोरम्बा, आई डब्लु एफ एन कराते डो संघ काठमाडौको आयोजनामा र दोरम्बा शैलुङ गाउँपालिकाको प्रायोजकमा दोरम्बा शैलुङ तेस्रो वादो कप राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । यहि पौष ४ र ५ गते हुने प्रतियोगितामा २५ वटा स्वर्ण पदको लागि…
Read More »जुनार बगैँचा पहेंलपुर—किसानमा उत्साह, बजारमा माग बढ्दो
रामेछाप । जुनार बगैँचा यतिबेला सुनौलो रौनकले चम्किएका छन् । हिउँदको आगमनसँगै यहाँका पहाडी बस्ती–बस्तीका बगैँचामा जुनार पाकेर पहेंलपुर बनेपछि किसानहरू भित्र्याउन, छान्न र बजार पठाउन अत्यन्त व्यस्त देखिन्छन् । वर्षभरिको मेहनतले फल दिएपछि किसानको अनुहारमा खुशी थपिँदै गएको छ ।रामेछापका सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका किसानका अनुसार यस वर्ष समयमै वर्षा हुनु र रोग–कीराको प्रकोप न्यून हुनु…
Read More »उर्जा क्षेत्रमै उज्यालो पर्याप्त होइन, अब देशको नेतृत्व आवश्यक छः कुलमान घिसिङ
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ऊर्जा क्षेत्रमा मात्र उज्यालो भएको पर्याप्त नभएको भन्दै समग्र देशलाई उज्यालो बनाउने जिम्मेवारी नेतृत्वको भएको बताएका छन् ।बिहीबार सुनापति गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा मन्त्री घिसिङले अँधेरोबाट देशलाई उज्यालो बनाएको भए पनि अब देशका सबै क्षेत्रलाई उज्यालो बनाउन सही नेतृत्व चयन गर्न आवश्यक रहेको…
Read More »