राजनीति
भोट माग्न उमाकुण्डको बाम्तिमा पुगे माधव
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले गाउँगाउँमा चुनावी अभियानलाई तीव्र बनाएका छन्। यसै क्रममा नेकपा (एमाले) रामेछापले उमाकुण्ड गाउँपालिका–२, बाम्तिभण्डारमा बुधबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुंगेलसहितको टोलीले बाम्तिका स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनका लागि आफ्नो पक्षमा मत मागेको हो। हिमाली क्षेत्रको…
Read More »कांग्रेसको रणनीति र विरासत जोगाउने दाउ
रामेछाप । रामेछाप यतिबेला आसन्न निर्वाचनको राजनीतिक रापले तात्दै गएको छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाको राजनीतिक माहोलमा एउटा नयाँ तरंग पैदा भएको छ। विशेष गरी नेपाली कांग्रेस रामेछापले आफ्नो सांगठनिक सुस्ततालाई तोड्दै जसरी चुनावी अभियानको नयाँ खाका सार्वजनिक गरेको छ, यसले जिल्लाको चुनावी अंकगणितलाई मात्र होइन, मतदाताको मनोविज्ञानलाई समेत तरङ्गित बनाइदिएको छ। माघ १७…
Read More »आर्थिक अनियमितता र भ्रष्टाचारगर्ने लाई कानुनी दायरामा ल्याउँछु : खड्का
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले मुलुकमा व्याप्त आर्थिक अनियमितता र भ्रष्टाचारलाई कानुनको दायरामा ल्याउन आफूले कडा कदम चाल्ने बताएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा रामेछाप–काठमाडौँ सम्पर्क समितिले सोमबार मध्यबानेश्वरस्थित सनराईज क्याफेमा आयोजना गरेको ‘भेटघाट तथा छलफल’ कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।पार्टीभित्र र राज्यसत्तामा देखिएको पारिवारिक विरासतको राजनीतिक…
Read More »“रामेछापमा एमालेको नयाँ उम्मेदवार, प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता”
रामेछाप — नेकपा (एमाले) ले रामेछाप जिल्लाबाट आगामी निर्वाचनका लागि उम्मेदवार घोषणा गरेपछि नेता तथा पूर्व अनेरास्ववियु केन्द्रीय अध्यक्षले आफ्नो उम्मेदवारीप्रति जनसमर्थनको अपिल गरेका छन्।करिब १५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका उहाँ पार्टी केन्द्रीय कमिटीमा एकताको कालसहित चार पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन। आफ्ना राजनीतिक यात्रा संघर्ष, निरन्तरता र सक्रियताले भरिएको उल्लेख गर्दै उनले आफू धुलो–मैलोबाट उठेको गाउँको मान्छे…
Read More »निर्वाचन आयोगद्वारा गगन थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति मान्यता
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो।काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बहुमत प्रतिनिधिहरूको समर्थनसहित गगन थापा सभापतिमा चयन भएका थिए।आयोगले महाधिवेशनसम्बन्धी सम्पूर्ण कागजात, निर्णय र प्रमाणहरू अध्ययन गरेपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता…
Read More »गगन–विश्वलाई महाधिवेशन प्रतिनिधिको साथ भृकुटीमण्डपमा देखियो कांग्रेसको असन्तोष र परिवर्तनको संकेत
काठमाडौं।नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्रको शक्ति सन्तुलन मात्र होइन, भविष्यको राजनीतिक दिशा पनि संकेत गरेको छ। आइतबार सुरु भएको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बहुसंख्यक महाधिवेशन प्रतिनिधिको खुला साथ देखिनु यस कार्यक्रमको मुख्य सन्देश बनेको छ। भीड, नाराबाजी र प्रतिनिधिहरूको सक्रिय उपस्थितिले कांग्रेसभित्र परिवर्तनको चाहना कति गहिरो छ भन्ने स्पष्ट पारेको छ।कांग्रेसमा कूल ४,७४३ महाधिवेशन प्रतिनिधिमध्ये करिब…
Read More »पार्टी फुट्नु हुन्न फुटे जता रुख उतै दिपक : सचिव खड्का
रामेछाप । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौँमा आयोजना हुन लागेको विशेष महाधिवेशनलाई लक्षित गर्दै राजधानीमा व्यापक जनप्रदर्शनको तयारी भइरहेका बेला पार्टीभित्र आन्तरिक बहस र धारणा सार्वजनिक हुन थालेका छन् ।महाधिवेशनलाई लिएर ‘जेन–जी आन्दोलन’को नाममा पार्टी नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग उठिरहेका छन् । तर, कांग्रेसभित्र सबै नेता–कार्यकर्ता एउटै धारमा छैनन्…
Read More »नेकपा एमाले रामेछापमा सचिवालय गठन विवादपछि स्थगित, बिधि प्रक्रिया बाट टुङ्गो लगाउन असन्तुष्ट पक्षको माग
रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर उत्पन्न विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ भने पुनः विवाद उत्पन्न भएमा लोकतान्त्रिक विधिअनुसार सचिवालय गठन गर्ने सहमति भएको छ। जिल्ला कमिटीले विधि–विधान विपरीत आफ्ना आसेपासेलाई प्राथमिकता दिँदै गत पौष १९ गते जारी गरेको सर्कुलरप्रति व्यापक गुनासो र विरोध देखिएपछि पौष २१ गतेका लागि तय गरिएको सचिवालय बैठक स्थगित…
Read More »कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन, १० मन्त्रीले गरे शपथग्रहण
विराटनगर — कोशी प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै १० जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरूले शपथ लिएका हुन्। पुनर्गठित सरकारमा सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति अनुसार मन्त्रालयको बाँडफाँट गरिएको छ। मन्त्रिपरिषद्मा दुवै दलबाट चार–चार जना…
Read More »बेथानको स्मृतिले फेरि जगायो जनयुद्धकालीन इतिहास
रामेछाप । जनयुद्धकालीन एक महत्वपूर्ण घटनास्थलका रूपमा चिनिने सुनापती गाउँपालिका–४ बेथानमा ३० औँ वीरता दिवस भव्य रूपमा मनाइँदा सहिदप्रति सम्मान र राजनीतिक परिवर्तनको स्मृति पुनः उजागर भएको छ । पानीघाट क्षेत्रमा आयोजित कार्यक्रममा जनयुद्धका प्रारम्भिक दिनको इतिहास, बलिदान र त्यसले ल्याएको परिवर्तनको स्मरण गरिएको छ । चण्डेश्वर चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवशंकर पौडेलले…
Read More »