समाचार
भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार
एजेन्सी । भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेट्नुभएको छ । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरूलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ । सुरुङभित्र फसेका मजदुरको उद्धारका…
Read More »त्रिपालमा बस्दै भूकम्पपीडित, बढ्यो ज्वरोको प्रकोप
सल्यान । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पले घर भत्किएपछि दार्मा गाउँपालिका–२, लिरापाजाका ३५ वर्षीया लीला खत्री पाँच जनाको परिवारसहित २५ दिनदेखि भत्किएको घर नजिकै त्रिपाल मुनि बस्दै आएकी छिन् । सुरुसुरुमा उनलाई रुघाखोकीको समस्या देखिएको थियो । औषधि खाएपछि बिसेक भयो । तर केही दिन यता बढेको चिसोले उनलाई पुनः ज्वरोले सताएको छ ।…
Read More »एमाले अध्यक्ष ओली धनगढीमा
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छ। उनी मङ्गलवार साँझ धनगढी पुगेका हुन्।नेकपा एमालले बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेबाट सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आएका हुन। एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पनि धनगढी पुगेका छन्। महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने आज जाँदै छन्।नेकपा…
Read More »बक्यौता रकम बुझाएपछि स्वास्थ्य मन्त्रालयमा विद्युत् जडान
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विद्युत् जडान गरिएको छ। स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् काटिएको थियो।मन्त्रालयले मंगलबार २ लाख ८८ हजार ३५७ रुपैयाँ महशुल बुझाएको छ। नेपाल विद्युत् प्राधिकरणको बुटवल कार्यालयमा पुगेर महशुल बुझाएपछि विद्युत् जडान गरिएको नेपाल विद्युत् प्राधिकरण लमही शाखाले जनाएको छ ।मन्त्रालयलाई…
Read More »ईलाका प्रहरी कार्यालय मैनापोखरका सई घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई)लाई घुससहित पक्राउ गरेको छ ।अख्तियारले ईलाका प्रहरी कार्यालयमा कार्यरत सई पवन साउदलाई नियन्त्रणमा लिएको हो । लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै साउदले सेवाग्राहीसँग ३० हजार घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए।सई साउद सेवाग्राहीबाट लिएको…
Read More »वाग्लेलाई उपसभापति बनाउने रास्वपाको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ ।पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्याल मात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाले जनाएको छ । वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन् । वाग्ले…
Read More »रुसी सेनामा सम्बद्ध रहेका तीन नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् ।उनीहरुको गत १५ नोभेम्बर (कार्तिक २९) गते मृत्यु भएको हो । रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको…
Read More »देशभरका कारागारमा योग शिविर
काठमाडौँ । सरकारले देशभरका कारागारमा योगशिविर सञ्चालन गर्ने भएको छ । एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ।उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवं विपश्यना साधक कुबेरसिंह रानासहित सोमबार गृह…
Read More »प्रसाईँका स्वकीय सचिव, श्रीनिवाससहित ८ जनामाथि अनुसन्धान गर्न म्याद थप
काठमाडौँ । गौशालामा प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनाविरुद्ध म्याद थप भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार गौशालामा प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको थियो। जसमध्ये ८ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको परिसरले जनाएको छ ।दुर्गा प्रसाईँका स्वकीय सचिव विनञ्जय थापा, श्रीनिवास आचार्यसहित ८ जनाविरुद्ध म्याद थप भएको हो। निकेश…
Read More »भुटानी शरणार्थी प्रकरणः २२ प्रतिवादीको बहस सकियो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ प्रतिवादीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ उच्च अदालत पाटनमा गत सातादेखि जारी छ ।मङ्गलवारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ भने अब सरकारी वकिलले बहस गर्ने छन् । उच्च अदालत पाटनका अनुसार शुक्रवार मात्र फैसला आउने सम्भावना छ ।
Read More »