वाग्लेलाई उपसभापति बनाउने रास्वपाको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ ।
पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्याल मात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाले जनाएको छ ।

वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन् । वाग्ले उपसभापति भएको औपचारिक घोषणा भने आज हुनेछ ।
पार्टी वरियतामा सभापति लामिछानेपछि अर्याल रहनेछन् भने त्यसपछि वाग्ले रहनेछन् । वरियता निर्धारण अल्फावेट अनुसार राखिने रास्वपा स्रोतको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button