ईलाका प्रहरी कार्यालय मैनापोखरका सई घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई)लाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारले ईलाका प्रहरी कार्यालयमा कार्यरत सई पवन साउदलाई नियन्त्रणमा लिएको हो । लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै साउदले सेवाग्राहीसँग ३० हजार घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए।
सई साउद सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएका टोलीले सई साउदलाई मंगलबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button