समाचार

  • स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. केसीको माग


    काठमाडौं । चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । मन्त्री बस्नेतले डा. केसीले माफियासँग मिलेर आन्दोलन गरेको हिजो एक कार्यक्रममा आरोप लगाएका थिए । आज विज्ञप्ति निकालेर डा. केसीले भनेका छन्, ‘हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ । ममाथि…

    Read More »
  • दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन


    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन सर्वोच्चमा निवेदन परेको छ । दुर्गा प्रसाईंको हकमा रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेकाअनुसार वरिष्ठ अधिवक्ता भण्डारीले प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन…

    Read More »
  • सुरुङमा फसेका ४१ कामदारको अझै भएन उद्धार


    नयाँ दिल्ली । भारतमा तीन साता अगाडी सुरुङमा फसेका ४१ कामदारको उद्धारकार्य जारी रहेको छ । भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खन्ने काम जारी राखिएको छ । भारतीय हवाई सेनाले तत्परताका…

    Read More »
  • मलेसियामा बेपत्ता भएका गोपाल आठ वर्षपछि घर आइपुगे


    झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार घर पुगेको सांसद एवं…

    Read More »
  • भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण थालौँ, युवालाई सहुलियत ऋण दिऔँ : प्रदीप पौडेल


    काठमाडौँ । जाजरकोटमा भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणको लागि नेपाली काँग्रेसको तर्फबाट नेतृत्व गरेर गएको केन्द्रीय सदस्य प्रदीप पौडेलको टोली फर्किएको छ। काँग्रेसले एक हजार अस्थायी आवास बनाउने निर्णयअनुसार अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली काम थालिसकेको छ। काँग्रेसले नलगाढ नगरपालिका ५ मा दक्ष मिस्त्रीहरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभूत कार्य…

    Read More »
  • चार महिनामा करिब डेढ अर्बको चिया निर्यात


    विराटनगर । चार महिनाको अवधिमा नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । नेपाली चिया मुख्य रुपमा भारत निर्यात हुने गरेको छ । पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चिया लोकप्रिय बन्दै आएको छ । आन्तरिक बजारमा नेपाली चियाको खपत न्यून मात्रामा हुने गरेको छ ।चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो चार महिनामा ५७ लाख…

    Read More »
  • ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने छ : स्वास्थ्य मन्त्री बस्नेत


    काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ धेरै जसो अस्पतालहरुले कमिसनको चक्करमा…

    Read More »
  • नजरबन्दबाट उम्किए दुर्गा प्रसाईं, प्रहरीको स्कर्टिङमा पुर्याईयो सिफल


    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल पुगेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं शनिबार भने विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न पुगेका हुन् । उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफल पुर्याईएको हो । प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरिरहेछन् । कार्यक्रम स्थलमा…

    Read More »
  • जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र कास्कीबाट १२ जना पक्राउ


    काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका-४ घर भएका ५६ वर्षीय जस बहादुर तामाङ समेत ४ जनालाई नगद २९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।…

    Read More »
  • लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राख्नुपर्ने – प्रहरी महानिरीक्षक कुँवर


    काठमाडौं ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने बताए ।  नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताए । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले ‘प्रहरी कर्मचारी…

    Read More »
Back to top button