भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण थालौँ, युवालाई सहुलियत ऋण दिऔँ : प्रदीप पौडेल

काठमाडौँ । जाजरकोटमा भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणको लागि नेपाली काँग्रेसको तर्फबाट नेतृत्व गरेर गएको केन्द्रीय सदस्य प्रदीप पौडेलको टोली फर्किएको छ।

काँग्रेसले एक हजार अस्थायी आवास बनाउने निर्णयअनुसार अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली काम थालिसकेको छ।

काँग्रेसले नलगाढ नगरपालिका ५ मा दक्ष मिस्त्रीहरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभूत कार्य सम्पन्न गरेको नेता पौडेलले बताएका छन्। उनले जाजरकोटाबाट फर्किएपछि सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउन आवश्यक भएको बताए।

टहरा निर्माणका लागि ठुलो जनशक्ति आवश्यक रहेको हुँदा स्वयंसेवी भूमिका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामाग्री तत्कालै व्यवस्था गर्नुपर्ने, भूकम्पका कारणले प्रभावित भएका बालबालिकाको नियमित अध्ययन अध्यापन सुचारु गर्न अस्थायी संरचना तथा विद्यालय पुनर्निर्माण तत्काल गर्नुपर्ने, स्थानीय युवालाई आर्थिक गतिविधिमा जोड्न योजना निर्माण गर्ने तथा आर्थिक सहयोग, अनुदान र सहुलियत ऋण उपलब्ध गराउनु पर्ने उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button