दिउसो १ बजे सम्म ४ सय ८५ मत खस्यो
रामेछाप । एमाले रामेछापको नवौ जिल्ला अधिवेशनका लागि मतदान जारी छ । शुक्रबार (आज) दिउँसो १ बजे सम्ममा ४ सय ८५ मत खसेको निर्वाचन कमिटीका सदस्य सुदर्शन प्रसाईंले जानकारी दिए । जम्मा मतदाता ७ सय जना रहेका छन् । नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की सर्बसहमतीमा निर्वाचित भइसकेका छन भने आधिकारिक घोषण हुन बाकी रहेको छ । बाकी पदका लागि भने मतदान जारी रहेको निर्वाचन समितिले जानाएको छ ।
