समाचार

  • नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै


    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ । पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिएको पार्टी सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो । महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको…

    Read More »
  • धनुषाको हिरासतमा रहेका ८ जना थुनुवा फरार


    काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति थुनुवा कक्षको भेन्टिलेसन फोडेर ९ जना थुनुवा भागेकामा एक जनालाई भने नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । फरार भएकाहरू लागुऔषध तथा अभद्र व्यवहार मुद्दाअन्तर्गत पक्राउ परेका थिए । लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन्…

    Read More »
  • श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई


    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई बधाई दिएका हुन् । अध्यक्ष प्रचण्डले भनेका छन्, ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा…

    Read More »
  • दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक


    झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेको छ । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ…

    Read More »
  • विरोधको डरले प्रधानमन्त्री केपी ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित


    काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । न्युयोर्कमा आइतबार बेलुकी सो कार्यक्रम तय भएकोमा सुरक्षा लगायतको कारण स्थगित गरिएको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ । महावाणिज्य दूतावासले जारी गरेको सूचनामा तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट…

    Read More »
  • आज अदालत छबिलाल जोशीलाई लगिदै


    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेश गरिदै छ । काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

    Read More »
  • बोलेरो दुर्घटना हुँदा १ को मृत्यु ५ जना घाईते


    रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।रामेछापको सदरमुकाम मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो सुनारपानीको भदौरे डाडा भन्ने स्थानमा सडक बाट २०० मिटर तल झर्दा दुर्घटना भएको हो । आइतबार दिउँसो २:०० बजेको समयमा बोलेरो…

    Read More »
  • वृद्धको हत्या आशंका गरिएका ज्वाईँ पक्राउ


    मोरङ । मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ पक्राउ परेको छ । करिव ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात उनका ज्वाईँ रविन राई फरार रहेका थिए । ज्वाईँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो । फरार रहेका राईलाई…

    Read More »
  • सुदूरपश्चिमको बजेट बहुमतले पारित


    धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए । छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई महिनादेखिको बजेट शून्यता भने हटेको…

    Read More »
  • नेपालको अर्थतन्त्र सुधार हुँदैछ– आइएमएफ उपनिर्देशक


    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताएकी छन् । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले…

    Read More »
Back to top button