समाचार

  • प्रहरीको दुर्व्यवहार विरुद्ध महासंघ र युनियनको विज्ञप्ति


    रामेछाप । रामेछाप जिल्ला बाट प्रकाशित अक्षता राष्ट्रिय दैनिकका सम्पादक नवीन केसीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ रामेछाप शाखा र प्रेस युनियन रामेछाप शाखाले विज्ञप्ति निकालेको छ । प्रेस स्वतन्त्रता विरुद्ध प्रहरीले शरीर खानतलासी गरी दुव्र्यवहार गरेको भन्दै महासंघ र युनियनले ध्यानाकर्षण गराएको छ ।महासंघकी सचिब तुल्सीदेवी श्रेष्ठ र नेपाल प्रेस युनियन रामेछापका सचिब सागर बोहराद्वारा हस्ताक्षर गरिएको…

    Read More »
  • उज्यालो र नयाँ नेपाल निर्माण गरी सुखी नेपाली बनाउने लक्ष्यका लागि सहयोगको आग्रह


    रामेछाप । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस रामेछापले आयोजना गरेको विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम अन्तरगत रामेछाप अस्पतालको कार्यक्रममा बोल्दै ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले गरिबले महसुस गर्ने गरी सरकारले सुविधा दिनुपर्ने बताएका छन् ।ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र आफ्नो उज्यालो र नयाँ नेपाल…

    Read More »
  • प्रधानमन्त्री ओली जति झुट बोल्ने मान्छे नेपालमा अरु कोहि छैन– सांसद शाही


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे नेपालमा कोहि पनि नभएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री ओलीले अन्तिम समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा नगएकोप्रति आक्रोश व्यक्त गर्दै सो कार्यक्रमका लागि भएको खर्च प्रधानमन्त्रीको निजी सम्पत्तिबाट असुल उपर…

    Read More »
  • रास्वपाको प्रश्न– कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीमा छानबिन हुन्छ की हुदैन ?


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको सहकारी ठगी प्रकरणमा मुछिएको विषय संसदमा उठाएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै प्रश्न गरेका छन् । उनले भने– ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी…

    Read More »
  • लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा


    काठमाडौँ । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएको छ । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको हो । उनले फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९…

    Read More »
  • सर्वोच्चको नयाँ मापदण्ड बारेको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ– सांसद पन्त


    काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले बागमती नदी संरक्षणको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान सुझाव दिएका छन् । सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले सर्वोच्चको उक्त फैसलाले जनतालाई असर गरेको बताउदै पुनरावलोकनमा जानुपर्ने बताएका हुन् । सांसद पन्तले सर्वोच्चको उक्त फैसलाविरुद्ध सरकार पुनरावलोकन नजाने हो भने जनताको…

    Read More »
  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ


    काठमाडौं । नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई सोही नगरपालिका–४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका–८ घर भई ललितपुर…

    Read More »
  • सुमना भन्छिन्– प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो


    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको दिक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरुले दिक्षान्त समारोहमा कहिले भाग लिन पाउछन् भन्दै सरकारले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् । उनले भनिन्– ‘कृषि तथा वन विज्ञान विश्व विद्यालयमा ११ दिन भयो…

    Read More »
  • नेपाली काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगिको आरोपमा उजुरी


    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएको छ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ । मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजको विरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका छन् । धनराज र…

    Read More »
  • काठमाडौँका नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ– प्रधानमन्त्री ओली


    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्धालाई सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट गरेका छन्…

    Read More »
Back to top button