लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा

काठमाडौँ । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएको छ । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको हो ।

उनले फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रकम तिरेर रिहा भएका हुन् । फौजदारी अपराध संहिता २०७४ अनुसार एकबर्षसम्मको कैद सजायमा १ दिन बराबरको ३ सय रुपैयाँका दरले रकम भुक्तानी गरेमा रिहा हुन सक्ने प्रावधान रहेको छ ।

किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसी आइतबार पूर्वी रूकुम जिल्ला अदालतमा हाजिर भएपछि अदालतले कारागार चलान गर्न आदेश दिएका थिए ।

साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेका थिए । अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । उनी त्यति बेलादेखि नै फरारको सूचीमा थिए ।

नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम ९पूर्व० निर्वाचन क्षेत्र १९१० बाट निर्वाचित भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button