उज्यालो र नयाँ नेपाल निर्माण गरी सुखी नेपाली बनाउने लक्ष्यका लागि सहयोगको आग्रह

रामेछाप । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस रामेछापले आयोजना गरेको विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम अन्तरगत रामेछाप अस्पतालको कार्यक्रममा बोल्दै ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले गरिबले महसुस गर्ने गरी सरकारले सुविधा दिनुपर्ने बताएका छन् ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र आफ्नो उज्यालो र नयाँ नेपाल निर्माण गरी सुखी नेपाली बनाउने लक्ष्य लिएकाले लक्ष्य पुरा गर्न सबै सहयोग गर्न पर्ने उनले बताए । बिपी जन्म जयन्तीका अवसरमा नेपाली काँग्रेस रामेछाप तय गरेको कार्यक्रम अनुसार राज्यमन्त्री तामाङले सुरुमा सदरमुकाम मन्थली स्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण र त्यसपछि मन्थली स्थित तामाकोसी अस्पताल, मन्थली प्रादेशिक अस्पताल, रामेछाप सामुदायिक अस्पताल, दिल श्री मेडिकल हल र रामेछाप प्रादेशिक अस्पतालका बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button