आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
जस अनुसार आज भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ छ । यस्तै, सानो लोकल गोलभेँडा प्रतिकिलो २७ रुपैयाँ ६७ पैसा, रातो आलु ७० रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ ७५ पैसा, र प्याजको मूल्य १०७ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
त्यसै गरी लोकल गाजर ९७ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र लोकल सेतो मुला १७ रुपैयाँ ६७ पैसा प्रति किलो निर्धारण गरिएको छ ।