कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा छोरी विदेश पठाएको होईन :परराष्ट्र सचिव पौड्याल

काठमाडौँ । क्यानडाका लागि सिफारिस परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले आफ्नी छोरीले क्षमताकै आधारमा विदेशमा आंशिक छात्रवृत्तिमा अध्ययन गरेको प्रस्ट पारेका छन् ।
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा पौड्यालले कर्मचारीलाई प्राप्त भएको छात्रवृत्तिमा छोरीलाई पठाएको नभई उनले आफै आंशिक छात्रवृत्ति पाएको जानकारी दिए । राजदूतमा सिफारिस भएपछि संसदीय सुनुवाइका लागि उनीविरुद्ध उजुरी माग भएको थियो । सोही उजुरीका आधारमा सांसदहरूले पौड्याललाई प्रश्न गरेका थिए ।
सरकारी कर्मचारीका लागि आएको प्रतिमहिना ६ लाख रुपैयाँ प्राप्त हुने छात्रवृत्तिमा छोरीलाई पठाएको हो कि होइन ? भन्ने सांसदहरूको प्रश्नको जवाफमा पौड्यालले भने, ‘कर्मचारीलाई प्राप्त भएको छात्रवृत्तिमा छोरीलाई पठाएको होइन । उनी आफै क्षमतावान् हुन् । आंशिक छात्रवृत्ति पाएकी हुन् । उ प्रतिस्पर्धाबाट नै हुर्किइसकेकी हुन् । ६ लाख रुपैयाँ महिनामा आउने छात्रवृत्ति पनि होइन । त्यति धेरै पैसा आउने छात्रवृत्ति हुन्न । पढ्न र बस्न मात्रै छात्रवृत्ति प्राप्त हुन् ।’
पौड्यालले परराष्ट्र मन्त्रालयमा कर्मचारीका लागि आएको छात्रवृत्तिमा छोरीलाई स्विट्जरल्यान्ड पठाएको उजुरी परेको थियो । आफूविरुद्ध लगाउने आरोप र उजुरी नभएपछि छोरीको नाम लिएर उजुरी हालिएको भन्दै पौड्यालले त्यसमा कुनै सत्यता नभएको बताए ।
संसदीय समितिले पौड्याललाई क्यानडाको आवासीय र क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को स्थायी प्रतिनिधिको रूपमा सर्वसम्मत अनुमोदन गरेको छ । राष्ट्रपतिले नियुक्त गरेपछि पौड्यालले जिम्मेवारी सम्हाल्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button