धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई गर्‍यो कारबाही

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ वटा कम्पनीलाई कारबाही गरेको छ ।
बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराएको हो ।
बोर्डको इतिहासमै पहिलो पटक यति धेरै सूचीकृत कम्पनीलाई एकसाथ कारबाही गरिएको हो । वित्तीय विवरण बुझाउन एक दिन ढिला भएका कम्पनीलाई समेत कारबाहीस्वरुप जरिवाना तिराइएको बोर्डले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button