रामेछाप नगरपालिकामा बसपार्क बनाइने
रामेछाप। जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा बसपार्कको अभावलाई मध्यनजर गर्दै बसपार्क निर्माणका लागि सम्भावित अध्ययन गरिने भएको छ ।
रामेछाप नगरपालिकाका नगरप्रमुख लव श्री न्यौपानेको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले नगरपालिकामा बसपार्क बनाउन भँगेरीको सामुदायिक भवन देखि पाले वन सम्मको कुनै स्थानमा सम्भावित अध्ययन गरेर बसपार्क राख्ने निर्णय गरेको हो ।
बैठकले हाटबजार व्यवस्थापन गर्दा साघुँटार बजारमा रहेको हाट लाग्ने स्थानमा स्ल्याब ढलान गरि तटबन्ध सहित हाट व्यवस्थापन गर्ने, रामेछाप बजारको हाट व्यवस्थित गर्ने, रातमाटे डाँडा – पुष्पलाल पार्क मुनिबाट – लामा गाउँ – पाले वन सम्म नगरको सहरी सडक निर्माण गर्ने भएको छ । सो निर्माण गर्ने चाहिने बजेट व्यवस्थापनका लागि सम्बन्धित निकाय सँग समन्वय गर्ने र अपुग बजेटका लागि नगरले समेत बजेट व्यवस्थापन गर्ने नगरप्रमुख न्यौपानेले बताए ।
उत्पादनलाई प्रचार–प्रसार गरी बजारीकरण गर्न सहयोग गर्नेछ । जसका कारण सुस्ताउँदै गएको व्यापारमा टेवा पुग्नेछ ।