पौष २६ देखि माघ ६ सम्म रामेछाप महोत्सव हुने

रामेछाप । रामेछापको मन्थली नगरपालिका– १ मन्थलीमा रामेछाप महोत्सव–२०८० हुने भएको छ ।

रामेछाप उद्योग वाणिज्य संघले आगामी पौष २६ गतेदेखि माघ ६ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।

स्थानीय उत्पादन, उद्योग, हस्तकला, कृषि,औद्योगिक, सांस्कृतिक,पर्यटन व्यापारलाई ध्यानमा राखेर महोत्सव गर्न लागिएको संघका महा–सचिव कुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार महोत्सवमा हरेक दिन फरक फरक जातजातिका झाँकी प्रदर्शन गरिने छ ।श्रेष्ठले भने – महोत्सवका लागि जिल्लाका सबै पालिका सँग समन्वय र सहकार्य गरिने छ । यो महोत्सवले स्थानीय रैथाने उत्पादनलाई प्रचार–प्रसार गरी बजारीकरण गर्न सहयोग गर्नेछ । जसका कारण सुस्ताउँदै गएको व्यापारमा टेवा पुग्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button