कृषकलाई व्यवसायी बनाउने आधुनिक कृषि सहकारी

रामेछाप। आधुनिक कृषि सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । पशुपालन, अन्न,तरकारी र फलफूल उत्पादक किसानहरूलाई व्यवसायी बनाउने उद्देश्यले गठन गरिएको जनाइएको छ । २७ जना सदस्यहरूबाट सुरु गरिएको संस्थामा हाल ६ सय ५ जना शेयर सदस्य छन् ।
आधुनिक कृषि सहकारी संस्थाले सदरमुकाममा दुग्ध उत्पादनको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सहकारीको संस्थागत विकाशका लागि आफू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको विशेष अतिथि जिल्ला समन्वय समिति रामेछापका उप – प्रमुख प्रेम बहादुर थापाले बताए ।
आधुनिक कृषि सहकारी संस्थाकै अगुवाइ र भिजनकै कारण मन्थली दूध उत्पादनको क्षेत्रमा आत्म निर्भर भएको भएपनि राज्यको अपरिपक्व नीतिका कारण कृषक र दूध डेरी दुवै समस्यामा रहेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताए ।
समस्याको जड नै सीमित बजेट रहेको मन्थली नगरपालिकाका सहकारी शाखाका प्रमुख उज्वल पोखरेलले बताए । बजेटको उचित व्यवस्थापन गरी राजनीतिक दल अगुवा कृषक र अन्य सरोकारवालाहरू समेतको रोहवरमा समस्याको गहिराइमा पुग्नसके कृषि क्षेत्रमा परिवर्तन सम्भव रहने उनले थपे ।
गाई र कुखुरापालक कृषकको दाना ढुवानीमा पनि राज्य पक्षनै बाधक भएको अवस्थामा कृषकहरूले काम गर्ने वातावरण कसरी बन्न सक्छ भन्दै कृषक होतराज ढकाल ढकालले प्रश्न गरे ।
अगुवा तथा ज्येष्ठ कृषक विष्णु सुवेदीको अध्यक्षतामा भएको उक्त साधारण सभामा संस्थाका अध्यक्ष भानुभक्त श्रेष्ठले सचिव र कोषाध्यक्षका प्रतिवेदन पेस गर्नु हुँदै यस वर्ष सहकारीले आफ्ना शेयर सदस्यहरूका लागि १० प्रतिशत मुनाफा वितरण गर्न लागेको जानकारी पनि दिए ।
संस्थाको शेयर रकम ४८ लाख २ हजार ५ सय रुपैयाँ,कुल बचत रकम ३७ लाख ४८ हजार ९८ रुपैयाँ र विभिन्न कोषहरूमा गरी ५ लाख ७४ हजार ६ सय ३८ रुपैयाँ रकम रहेको जानकारी गराइएको छ ।
कृषकहरूको गुजारामुखी प्रणालीबाट व्यवसायीकरण तर्फ रूपान्तरण गराउने मुख्य उद्देश्यका साथ २०६७ सालमा यो संस्था स्थापना भएको संस्थाका अध्यक्ष भानुभक्त श्रेष्ठले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button