अरनिको यातायात र हिमाल तराई यातायातको सहचालक बिच मुक्का हानाहान
१७ मंसिर, रामेछाप । रामेछापको धोबीमा अरनिको यातायात र हिमाल तराई यातायात बिच मुक्का हानाहान भएको छ । झगडा गर्ने दुबै बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापमा जनाएको छ।
मन्थली तर्फबाट ढाँडे जाँदै गरेको पूर्व अरनिको बा ५ ख ५८१७ नम्बरको बसका सहचालकले ओखलढुङ्गाबाट काठमाडौँ हिँडेको प्रदेश–३–०१–००५ ख ९९७२ नम्बरको हिमाल तराई यातायातको बसका सहचालकलाई एक्कासि झ्यामका- झ्याम् पिटेको हिमाल तराई यातायातमा सवार यात्रीले बताए । यात्रु ले भने ‘अरू कुरा त थाहा भएन तर, अरनिको गाडीमा मान्छे आएर यो गाडीका सहचालकलाई ढोका खोलेर भक्का भकी हाने ।’
यो घटना आइतबार बिहान ११ बजे तिर लिखु तामाकोशी गाउँपालिकाको धोबी बजारदेखि झन्डै १ किलो मिटर आसपास भएको हो । स्रोतका अनुसार अरनिको यातायातले र हिमाल तराई यातायातको बसलाई अगाडि जान बाटो नदिएको र हर्न कसले कहाँ बजाउने भन्ने विषयमा विवाद हुँदा कुटपिट भएको हो ।
हिमाल तराईका यात्रुले सामाजिक सञ्जालमा (फेस्बुकमा) गरेको भिडिओ लाइभमा अरनिका सहचालकले हिमाल तराइका सहचालकलाई गाडी रोकेर एक्कसी मुक्का हानेको देखिन्छ ।