मन्थली बचतले दियो १ लाख

रामेछाप । दुर्घटनामा ज्यान गुमाएकी सदस्यको परिवारलाई मन्थली बचत तथा ऋण सहकारी संस्थाले ‘दुर्घटना बिमा बापतको’ रकम हस्तान्तरण गरेको छ । कात्तिक १ गते काठमाडौँबाट मन्थली आउने क्रममा इलेक्ट्रिक गाडी दुर्घटनामा ज्यान गुमाएकी ‘बाल सदस्य’ मन्थली नगरपालिका वडा नम्बर ११ गेलु निवासी रमिला बुढाथोकीकी आमालाई मङ्गलवार सहकारीका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नगद १ लाखको चेक दिए ।
अध्यक्ष घिमिरेका अनुसार आत्महत्या बाहेक काल गतिले ज्यान गुमाएकाका परिवारलाई सहकारीले नगद २० हजार प्रदान गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button