वडामा विद्युतीय प्रणालीमार्फत हाजिरी

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ४ ले विद्युतीय प्रणालीमार्फत हाजिरी सुरु गरेको छ । वडा नं. ४ को कार्यलयले पालिकाभरिमै पहिलो पटक विद्युतीय प्रणालीमार्फत हाजिरी गराउन थालेको हो ।
गाउँपालिकाको कार्यालयमा समेत विद्युतीय हाजिरी नभएको सो पालिकामा वडा नं ४ ले भने विद्युतीय प्रणालीमार्फत हाजिरी गराउन थालेको हो । ७ वटा वडा रहेको उक्त पालिकामा पहिलो पटक वडा नं ४ मा विद्युतीय हाजिरी उपकरण जडान गरिएको वडाध्यक्ष दीपक पुलामी मगरले जानकारी दिए ।
सबै कर्मचारीको कामलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले विद्युतीय हाजिर मेसिन जोडिएको वडाध्यक्ष मगरले बताए । हाजिरीमा प्रत्येक कर्मचारीहरको नाम, सम्पर्क नम्बर तथा संकेत विद्युतीय उपकरणमै सेट गरेर राखिएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले रजिस्टरमा हाजिरी अपडेट गर्नुपर्ने झन्झटबाट मुक्ति पाउन विद्युतीय हाजिरी ल्याइएको उनको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button