खाँडादेवीमा माझी समुदायका कर्मचारी, शिक्षक र विद्यार्थीलाई बिदा
रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिकाले माझी जातिको प्रमुख पर्व कोसी पूजा अर्थात् लदी पूजामा स्थानीय बिदा दिएको छ । स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै गाउँपालिकाले आज लदी पूजाको दिन माझी समुदायको कर्मचारी, शिक्षक, विद्यार्थी र विभिन्न सङ्घ संस्थामा कार्यरत सबैलाई स्थानीय बिदा दिएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । उनले भने –कोसी पूजा अर्थात् लदी पूजा माझी समुदायको प्रमुख पर्व हो । त्यसैले स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै यो दिन माझी समुदायका कर्मचारी, शिक्षक, विद्यार्थी र विभिन्न सङ्घ संस्थामा कार्यरतलाई स्थानीय बिदा दिइएको हो ।