गठबन्धनको कारण नेता कार्यकर्तालाई सङ्कट परेको छ– राणा

रामेछाप । गठबन्धनको कारण नेता कार्यकर्तालाई सङ्कट परेको काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर राणाले बताएका छन् । निर्वाचनमा एक आर्कालाई भोट दिएर निर्वाचित भएको छिटै प्रधानमन्त्री प्रचण्डले भुलेको भन्दै झुटको खेती लामो समय सम्म नटिक्ने बताए । प्रधानमन्त्रीले विवादमा आएको मन्त्री हटाउन पर्छ भन्ने प्रस्ताव ल्याएको र काँग्रेसले विवादित मन्त्रीहरू पनि परिवर्तन गर्न खोजेको भए पनि एक्कासि गठबन्धन टुटाएको बताए । उनले भने – अहिले बनेको मन्त्री मण्डलमा झन् विवादित मन्त्रीहरू छन् । जो नागरिकता देखी सहकारी ठगी सम्मको मुद्दामा विवादित छ । उनलाई ल्याएर गृह मन्त्रालय दिएको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेसलाई मात्र नभएर आफ्नै पार्टीको नेता तथा कार्यकर्ता र आम नेपाली नागरिकलाई धोका दिएको राणाले बताएका छन् । नेपाल तरुण दल रामेछापको पहिलो जिल्ला सम्मेलनमा बोल्दै नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका नेता राणाले नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसलाई मात्र हैन आम नागरिकलाई धोका दिएको बताए । प्रधानमन्त्री दाहालले गठबन्धन टुट्नु पार्टीको स्वतन्त्रता भएको संसद् भवनमा बताए पनि निष्ठा र विश्वास गुमाएको बताए ।

नेता राणाले भने“हिजो आम नागरिकलाई भोट माग्ने क्रममा गरेको प्रतिबद्धता तपाई अब के गर्नु हुन्छ । मैले तपाईँको कार्यकतालाई के भन्ने तपाईँको नेताले धोका दियो भन्ने । भन्दै प्रश्न गरे” । अर्को प्रसङ्गमा नेता राणाले भने लोकतान्त्रिक पार्टीमा विभिन्न विषयमा छलफल हुन्छ । पार्टीको आन्तरिक छलफलमा आएको विषयको कारण गठबन्धनमा कुनै समस्या नहुने बताएका छन् । नेपाली काँग्रेसको यस भन्दा अघिको विभिन्न भेलाहरूमा समेत धर्मको विषयमा छलफल र बहस हुने गरेको भन्दै यस विषय काँग्रेसमा नयाँ नभएको बताए ।

प्रथम तरुण सम्मेलनमा नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी, जिल्ला समन्वय प्रमुख चिना कार्की, नेपाली काँग्रेस रामेछाप जिल्ला कार्यसमिति सचिव दीपक खड्का र विनोद कार्की, उपाध्यक्ष लेख बहादुर कार्की र नवराज थोकर, बागमती प्रदेश सदस्य अर्जुन के सी , पूर्व सभापति लवश्री न्यौपाने, रामचन्द्र खड्का लगायतले मन्तव्य राखे ।