जारी घुम्ती शिविरमा ९ सय ५० ले लिए सेवा

रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले वैशाख १० गते देखि सुरु गरेको एकीकृत घुम्ती शिविरको तेस्रो दिन सम्ममा ९ सय ५० जनाले सेवा लिएका छन् ।
पालिकाले वडा नं. १ गुन्सी, वडा नं. २ दिमिपोखरी र वडा नं. ४ बेथानमा घुम्ती शिविर सम्पन्न गरेको छ । शिविरमा १७ व्यवसाय दर्ता तथा नवीकरण भएका छन् भने ९ वटा योजना सम्झौता भएका छन् ।
त्यस्तै स्वास्थ्यतर्फ युएसजि २५ जना, युआईए स्त्री रोग तर्फ ९४ जना, सुगर प्रेसर (जनरल) ६०४ जनाले सेवा लिएका छन् ।शिविरमा १०८ जना ज्येष्ठ नागरिकले परिचय पाएका छन् भने, ५ जना (ख) वर्ग, ३ जना (ग) वर्ग, ३ जना (घ) वर्गका अपाङ्गलाई परिचय पत्र वितरण गरिएको छ ।
शिविरमा १२९ कुकुरलाई रेबिज सुई लगाइएको छ भने ३४५ लाई परीक्षण गरिएको छ ।
त्यस्तै शिविरमा ३४४ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएका थिए ।४३ जनाले वैदेशिक रोजगार परामर्श र १३ जनाले कृषि परामर्श सेवा लिएका छन् ।
शिविरबाट सय ५० जनाले सेवा लिई सकेको प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले बताए । उनले भने–शिविरमा नागरिकहरूले स्वास्थ्य क्षेत्रमा बडी चासो दिएर सेवा लिइरहनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button