लिखुतामाकोशीले बाँड्यो मौरी र घार

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले मैरी गोला र घार वितरण गरेको गरेको छ । गाउँपालिकाको स्तरीय कार्यक्रम अन्तर्गत मैरी गोला सहितको घार १ सय वटा र खाली घार १ सय वटा वितरण गरिएको छ ।
पालिकाले मैरी विकास कार्यक्रमको कार्यविधि अनुसार सूचना माग गरी परम्परागत वा आधुनिक घारमा मैरी पालन गरेका कृषकहरूलाई मैरी गोला र घार वितरण गरेको हो । पालिकाले कृषकलाई सहज होस् भनी वडा कार्यालय सम्म पुगी घार वितरण गरेको छ ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लागत साझेदारीमा मैरी गोला र घार वितरण गरिएको कृषि प्राविधिक कविता बुढाथोकीले बताइन् ।
कृषि क्षेत्रमा काम गरी रहेको परम्परागत कृषि पेसालाई आधुनिकीकरण गरी कृषिलाई व्यावसायिक बनाई पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाउँपालिकाले काम गरी रहेको गाउँपालिकाका अध्यक्ष केशव महतले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button