५ हजार ८ सय ३० मत अन्तरले नेम्वाङ विजयी
रामेछाप । इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८ सय ३० मत अन्तरले पाछि पार्दै विजयी भएका हुन् ।
सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरेका थिए भने खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका थिए ।
उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ र राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका प्राप्त गरेका छन् ।
प्रतिनिधि सभा सदस्यका सुवास नेम्वाङको निधन भए पछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा नेकपा एमालेले छोरा सुहाङलाई नै चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।
उता प्रदेश सभा सदस्यका लागि बझाङ (१) मा उपनिर्वाचनमा पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारीले २ सय ६६ मत अन्तरले निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा बझाङ (१) बाट काँग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचित भएका थिए । काँग्रेसले भने पृथ्वीबहादुरका छोरा अभिषेकबहादुर सिंहलाई चुनावि मैदानमा उतारे पनि दोस्रो भएका छन् ।