इलाम २ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत :

रामेछाप । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाएका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसके जमानत जफत हुने व्यवस्था छ । उपनिर्वाचनमा गणना भएको ६९ हजार ३ सय ७४ मतमध्ये ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । ९ सय २ मत बदर भएको थियो । मिलनले पाएको मत कूल सदर मतको १० प्रतिशत नपुगे पछि उनको जमानत (धरौटी) जफत भएको हो ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । सुहाङले २७ हजार ७ सय ७२ मत सहित विजयी हुँदा प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए । त्यस्तै पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button