एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन सम्पन्न, कडरियाको अध्यक्षतामा ९० सदस्यीय कार्यसमिति

रामेछाप ।नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन शुक्रवार सम्पन्न भएको छ । पुरुषोत्तम कडरियाको अध्यक्षतामा ९० सदस्यीय कार्यसमिति बनेको छ । अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की शुक्रवार सर्वसम्मत निर्वाचित भएका थिए । प्रेमबहादुर तामाङले उम्मेदवारी फिर्ता लिएपछि कडरिया अध्यक्षमा निर्विरोध भएका थिए । रामबाबु घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि सचिवमा प्रकाश कुमार कार्की सर्वसम्मत भएका थिए ।
नवौँ जिल्ला अधिवेशनको निर्वाचनबाट उपाध्यक्षमा ध्रुव कुमार कार्की, रमेश कुमार वाग्ले र ज्ञानबहादुर खड्कालाई पछि पार्दै ३१० मत प्राप्त गरी होताराज ढकाल निर्वाचित भए । मतदानमा ध्रुव कुमार कार्कीले २८७, रमेश कुमार वाग्लेले ४७ र ज्ञानबहादुर खड्काले ३१ प्राप्त गरेको थिए ।
त्यसै गरी उपसचिवमा दिनेश सुवेदीले र राजेन्द्र कुमार कार्कीलाई भारी मतले पछि पार्दै मिलन कुमार घिसिङ निर्वाचित भए । घिसिङले ५०९ मत प्राप्त गरेको थिए भने दिनेश सुवेदीले ११८ र राजेन्द्र कुमार कार्कीले ४८ मत प्राप्त गरेका थिए ।
महिला उपसचिवमा मखमली श्रेष्ठले ४४० मत ल्याउँदा कमला शर्मा क्षेत्रीले ७८, अनिता तामाङ राईले ८० र मञ्जु माया कार्कीको ७७ मत ल्याएका थिए । मखमली श्रेष्ठ भारी मत प्राप्त गरी महिला उपसचिवमा निर्वाचित भएकी छन् । ५ जना पदाधिकारी रहेको समितिमा ८५ जना सदस्य सहित ९० जना निर्वाचित भएका निर्वाचन समिति सदस्य सुदर्शन प्रसाईँले जानकारी दिए ।

नवौँ जिल्ला अधिवेशनका लागी ७०० जना मतदाता रहेकोमा ६७५ जनाले मतदान गरेका थिए । नवौँ जिल्ला अधिवेशन वैशाख २६ गते तीनलाल पार्कमा उद्घाटन भई शुक्रवार सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button