नागरिकको चुलो चौकामा पुगेर योजना सङ्कलन गर्न प्रप्रअ भुजेलको अनुरोध

रामेछाप । नागरिकको घरघरमा बस्ती बस्तीमा र चुलो चौकामा पुगेर योजना सङ्कलन गर्न जिल्लाको लिखु तामकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले अनुरोध गरे।

प्रप्रअ भुजेलले लिखु तामाकोशी गाउँपालिका भरिका जनप्रतिनिधीहरुलाइ जनचासो अनुरूपको काम गर्न अनुरोध गरेका हुन। भुजेलले भने– ‘नागरिकको वास्तविक आवश्यकताका आधारमा योजना सङ्कलन कार्यमा कर्मचारीहरूले कस्तो सहयोग गर्न पर्ने हो त्यस्तै सहयोग गर्न हामी तयार छौ। प्रप्रअ भुजेलले साना साना टुक्रे योजनालाई सके सम्म बजेट माग नगर्नुस् ।’

सानो प्वालका कारण जहाज डुबेको उदाहरण दिँदै भुजेलले भने– त्यस्तै साना साना योजनाले पालिकाको वास्तविक विकासको जहाज डुब्न सक्छ। साना योजनाका कारण पालिकाले लिएको लक्ष्य अनुसारको विकास नहुन सक्छ। त्यसैले लिखु तामाकोशीको विकास र समृद्धिमा नागरिकको सहयोग अपरिहार्य छ। प्रप्रअ भुजेलले भने– योजना सम्झौता गर्दा वास्तविक लाभग्राहीको उपभोक्ता समिति बनाउनु होला। पालिकामा वास्तविक लाभग्राहीलाई उपभोक्ता समितिमा नराखेको गुनासो आएका छन्। यदि यो सत्य हो भने सम्बन्धित योजनाको लाभग्राहीले लिखित निवेदन दिनुहोला। म त्यो योजनाको सम्झौता नै रोकिदिन्छु।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button