उपप्रधानमन्त्री सिंहले गरे रामेछापका नागरिकको प्रशंसा

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले रामेछापका नागरिकको प्रशंसा गरेका छन् । नेवा सम्पर्क समूहको ३१ औँ साधारण सभामा सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
मन्त्री सिंहले अहिलेको आर्थिक अवस्था सुधार कसरी गर्न सकिन्छ भन्ने कुरामा सरकार गम्भीर भएकोे बताए । सोही क्रममा उनले रामेछापका नागरिकले गरेको मेहनतको प्रशंसा गर्दै सिंहले भने– विदेश गएर जे गर्न नि तयार हुने नेपाली नेपालमै काम गर्न किन लजाएको? एकपटक देशभरका युवाले रामेछापका नागरिकलाई भेट्न समेत उनले आग्रह गरे।
देशमै केही गर्नुपर्छ भनेर फास्टफुड क्षेत्रमा रामेछापका युवाले गरेको लगानीले देशको आर्थिक सङ्कट टार्ने एउटा पाटोको काम गरेको उनले बताए । सरकार व्यवसायीलाई सहयोग गर्न तयार भएको र केही कानुनी अप्ठ्यारो भएमा कानुनलाई सकारात्मक तरिकाले संशोधन गर्न तयार रहेको समेत उनले बताए। रक्षा बन्धन तथा जनै पूर्णिमाका दिन क्वाँटी खाने भेलाले समुदायको भाइचारा कायम हुने भएकोले यस्ता चाडपर्व र समुदाय सदैव एक जुट हुन उनले अनुरोध गरे।
साधारण सभा संस्थाको अध्यक्ष रामकुमार श्रेष्ठ “दिनेश” को अध्यक्षतामा भएको थियो । कार्यक्रममा रामेछाप प्रदेश ’क’ तर्फका माननीय तारानारायण,श्रेष्ठ खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि झनक श्रेष्ठ, शिव श्रेष्ठ , खाँडादेवी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष मखमली श्रेष्ठ लगायतको उपस्थिति थियो। कार्यक्रम सचिव भीम श्रेष्ठले सञ्चालन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button