रामेछापका घिमिरे र ढुङ्गाना सहित ७ जना राष्ट्रपतिद्वारा सम्मानित

काठमाडौँ । संस्कृतका विशिष्ट विद्वान्हरुलाई सम्मान गरिएको छ । राष्ट्रपति भवनमा वद्वत्सपर्यासमारोह कार्यक्रममा शुक्रवार जयतु संस्कृतम् संस्थाका सभापति डा.बद्री पोखरेलको सभाध्यक्षतामा महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुखातिथ्य सम्मान कार्यक्रम भएको थियो ।
रामेछाप जिल्लाका जन्म भएका नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव प्राध्यापक नीलमणि ढुङ्गाना (संस्कृत नेपाली व्युत्पत्तिकोशका सर्जक) र पौरस्त्य दर्शनका धुरन्धर विद्वान् प्रा.डा.दीर्घराज घिमिरे लाई झन्याय–वेदान्तकेशरीञको उपाधिले सम्मान गरिएको थियो ।
झनीलकण्ठञसंस्कृत महाकाव्यका सर्जक षड्दर्शनाचार्य महाविद्याविराधि आचार्य पूर्णचन्द्र ढुङ्गेल, वैदिक वाङ्मयका विशिष्ट विद्वान् एवम् कान्तिभैरव गुरुकुलका संस्थापक संस्कृतसेवी प्रा.डा.ऋषिराम पोखरेल, धर्मशास्त्रका विशिष्ट विद्वान् प्रा.डा.रामचन्द्र गौतम, न्यायविद्याकेशरीे उपाधिसहित प्राध्यापक गोविन्द चौधरी, पौरस्त्य धर्मदर्शनमा अद्वितीय योगदान पुर्याउने प्राध्यापक चेतोनाथ आचार्यलाई राष्ट्रपतिका हातबाट सम्मानपत्र प्रदान गरिएकोे थियो ।
राष्ट्रपति पौडेलले जयतु संस्कृतम् राष्ट्रभूतये! जयतु संस्कृतम् विश्वभूतये !! भन्ने मूल मान्यतालाई नारा बनाउँदै तथा झवयं राष्ट्रे जागृयामःञको वैदिक आदर्शलाई अङ्गीकार गर्दै निरङ्कुश जहानियाँ राणाशासनका विरुद्ध तथा प्रजातन्त्रको स्थापनाका लागि विगूल फुक्ने जयतु संस्कृतम् संस्थाको ऐतिहासिक महत्त्वलाई वर्णन गर्दै जयतु संस्कृतम्ञकै उत्तराधिकार संस्था संस्कृत छात्रसंघको सचिव पदमा रही २०१७ सालमा आन्दोलनमा उत्रिएको र त्यसै आन्दोलनबाट आफूले कठोर जेलजीवन यापन गर्नु परेको स्मरण गरेका थिए । त्यसैगरी २००४ सालमा स्थापना भएर राणाशासनका विरूद्ध सक्रिय प्रथम सङ्गठित संस्था जयतु संस्कृतम्ञको ५०ओैँ स्वर्णजयन्तीका अवसरमा २०५४ सालमा भएको ऐतिहासिक समारोहमा आफू सहभागी भएको सम्झना गर्दै जयतु संस्कृतम् संस्थाले संस्कृतको प्रचारप्रसार तथा संस्कृतका समुपासकको सम्मानमा महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको तथ्यलाई आफूले नजिकबाट नियाल्दै आएको बताउँदै जयतु संस्कृतम्ञसंस्थाको उत्तरोत्तर उन्नयनका लागि शुभकामना व्यक्त गरेका थिए । सनातन, जैन , बौद्ध धर्मदर्शन तथा पौरस्त्य धर्मसंस्कृति संस्कृतमै सुरक्षित भएकाले संस्कृतभाषाकै माध्यमबाट हिमाल, पहाड र तराईलाई एकताको सूत्रमा जोड्न सकिने विचारसमेत राष्ट्रपतिले राखेका थिए ।