पहिरो पिडितलाई राहत सामाग्री हस्तान्तरण

रामेछाप । सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । दोरम्बा शैलुङ गाउँपालिकामा गत शनिवार राति लेखर्कमा आएको पहिरो पिडितहरुको लागी सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । अबिरल बर्षाको कारण पहिरोमा परि बिस्तापित घरपरिवारलाई सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङ र उपाध्यक्ष गीता बिष्टले ३० केजीको चामल ५० बोरा, ५ बाकस तेल र ५० केजीको दाल १ बोरा दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोत्तान लाई हस्तान्तरण गरेका हुन् । राहत सामाग्री हस्तान्तरणमा वडा अध्यक्ष धु्रब चौलागाई लगायतको उपस्थिति थियो ।
त्यस्तै मन्थली नगरपालिकाकाले पनि राहत सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिका नगर प्रमुख लव श्रेष्ठ र पालिका प्रवत्ता गोपाल श्रेष्ठबाट दोरम्बा शैलुङ गाउँपालिका मैनकुमार मोत्तान लाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो ।

गत भदौ ९ गते (आइतबार) बिहान करिब ३ बजेको समयमा गएको पहिरोमा परी ३ घर बगाँउदा र १ घर पुरिँदा हराइरहेका १० जना मध्ये बुधवार सम्म ८ जनाको सनाखत भैसकेको छ ।
विस्थापित व्यक्तिहरूलाई तत्कालका लागि दोरम्बा शैलुङ गाउँपालिकाले पालिकाको केन्द्र समेत रहेको टोकरपुरस्थित कण्ठेश्वर विद्यालयमा बसोबासको व्यवस्था गरेको छ । पहिरोका कारण ३४ घर विस्थापित भएको छ । विस्थापित ३४ घरका १८० जनालाई तत्कालको लागि विद्यालयहरूमा खाने, बस्ने व्यवस्था गाउँपालिकाले गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button