महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन

काठमाडौँ । डा. मुकुन्द ढकालले आफुमाथि गरिएको कारवाही बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिएको छ ।
ढकालले आफुलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएको हो ।
उनले आफुलाई पार्टीले हटाउने निर्णय गरेको ३५औँ दिन मात्र सो सम्बन्धि पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएको छ ।
उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफुमाथि कारवाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गरेको छ ।
उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगि, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफुले सो को विरोध गरेको निवेदनमा उल्लेख गरेको छ ।