प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

ललितपुर । ललित्पुरको गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५२ वर्षीय जगत विर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत विर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेका छन् ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button