सुन लुटपाट गर्ने एक किशोर पक्राउ

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५, नागदहमा वृद्धा एकल महिलाको सुन लुटपाट गर्ने एक किशोर पक्राउ परेका छन् । नागदह पिपलदिपकी ६० वर्षीय सुन्तलीमै तामाङ वडा कार्यालयमा एकल महिला भत्ता कार्ड नवीकरण गरेर घर फर्किँदै गर्दा दिउँसै उनको सुन लुटिएको थियो । उनको घाँटीमा समातेर आँखामा खोर्सानीको धुलो दली अन्दाजी १.५ (डेढ) तोलाको सुनको रिङ लुटिएको थियो । तामाङको आँखामा खोर्सानीको धुलो छर्किएर दुवै कानको लोती चुँडाई सुन लुटपाट गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालय धोबी डाँडाबाट खटिएको विशेष टोलीले लुटपाट गरिएको सुनको खोजिकार्य गर्दा गत शनिवार सोही स्थान आहाल डाँडाका १९ वर्षीय किशोर चन्द्र घिसिङले सुन चोरेको जिल्ला प्रहरी कार्यालय रामेछाप जनाएको छ । घिसिङलाई सोही ठाउँमाबाट पक्राउ गरी अनुसन्धान गर्दा घिसिङले सो सुन लुटपाट गरेको स्वीकार गरेका थिए ।  सुन लुटेको स्वीकार गरेका घिसिङको खानतलासी गर्दा उक्त सुन समेत प्रहरीले फेला पारेको थियो । सुन लुटपाट गर्ने घिसिङको जिल्ला अदालत रामेछापबाट डाँका शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button