एमालेबाट गण्डकी प्रदेशमा चार मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा रहेका छन् ।
कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएका थिएन । तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएका हुन् ।
एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएका छन् । एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई सरकारमा पठाउदै छ ।
आजै एमालेका मन्त्रीहरुले शपथ लिने तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।