सरकारले सशस्त्र प्रहरीका तीनजना एआइजीको सरुवा

काठमाडौं। सरकारले सशस्त्र प्रहरी बल, नेपालका तीनजना अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको सरुवा गरेका छन्।

सशस्त्रमा रहेका तीनजना एआईजीको मुख्यलयभित्रकै विभागहरुमा सरुवा गरेका हुन्। भदौ १३ मा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको सरुवा गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

गृह मन्त्रालयको प्रस्तावअनुसार सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग सरुवा गरिएको छ। सीमा सुरक्षा विभागको जिम्मेवारी चन्द्रप्रकाश गौतमले पाएको छ।

त्यस्तै, कार्य विभागमा कार्यरत वंशीराज दाहाललाई मानव स्रोत विभागमा सरुवा गरिएको छ। सशस्त्रमा यी तीन वटै विभाग महत्वपूर्ण रहको छ। मूख्यालयमा रहेका यी तीन विभाग एआइजीले कमाण्ड गर्ने गरेका छन् । सशस्त्र प्रहरी अझै एक एआइजीको दरबन्दी माग गरिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button