खाद्यले गर्यो म्याद गुज्रिएको मैदा नष्ट

सिन्धुली । जिल्लाको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीले म्याद नाघेको मैदा नष्ट गरेको छ । खाद्य तथा दाना पदार्थहरूमा खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, श्री उद्योग तथा वाणिज्य र श्री जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको संयुक्त अनुगमन टोलीले आइतबार अनुगमन गरेको थियो ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ०४ ढुङ्ग्रेबास स्थित रोबन सप्लायर्स प्रा. ली. को खाद्य गोदाम नं.३९ मा महालक्ष्मी ब्रान्डको ५० के. जी को ९ बोरा मैदा (बजार मूल्य करिब रु २८८००।– बराबरको) उपभोग्य मिति समाप्त भएको पाइएकोले उक्त खाद्य नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीका सूचना अधिकारी विक्रम श्रेष्ठले बताए । साथै रोबन सप्लायर्सलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको समेत श्रेष्ठले बताए ।
नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठपर्व समेत नजिक आइरहेकोले उत्पादक, उद्योगी तथा व्यापारीहरूले उपभोग्य मिति भएको गुणस्तरीय खाद्य पदार्थहरू बिक्री वितरण गर्न हुन साथै आम उपभोक्ताले समेत लेबल विवरण हेरेर मात्र गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रणले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button